५ चैत २०८१, मङ्गलबार

विश्व ऋण परिषदको सञ्चालकमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी

२०८१ साउन ४, शुक्रबार
विश्व ऋण परिषदको सञ्चालकमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी

काठमाडौं : विश्वभरका बचत तथा ऋण सहकारीको छाता संगठन विश्व ऋण परिषद् (ओकू) को सञ्चालक समिति सदस्य पदमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिएका छन् । अमेरिकाको बोस्टन शहरमा आयोजना हुने ओकूको बार्षिक साधारण सभा अन्तर्गत सञ्चालक सदस्य पदको निर्वाचनमा उनले उम्मेदवारी दिएका हुन् ।

दक्षिण एशियाली क्रेडिट युनियनकै एकमात्र प्रतिनिधिको रुपमा नेफ्स्कूनका अध्यक्ष ढकालले उम्मेदवारी दिनका हुन् । ओकू बोर्डमा यो वर्ष रिक्त ४ जना सञ्चालक पदको लागि ५ जनाको उमेदवारी परेको छ ।

ओकूको आयोजनामा यही जुलाई २१ देखि २४ सम्म बोस्टन शहरमा विश्व क्रेडिट युनियन सम्मेलन २०२४ समेत हुँदैछ । जुलाई २२ मा ओकूको वार्षिक साधारण सभा हुँदैछ ।

४ जना सञ्चालक सदस्य पदको लागि नेफ्स्कून अध्यक्ष ढकालसँगै ब्राजिलस्थित सिक्रेडी, आयरल्याण्डको केन्द्रीय बचत संघ आइएलसीयू, अफ्रिकी बचत संघ एकोस्का र क्यारेबियन बचत संघ सीसीसीयूका तर्फबाट पनि उम्मेदवारी परेको छ ।

ओकूको साधारण सभामा सहभागी हुन अध्यक्ष ढकाल र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा आज अमेरिका जाँदैछन् ।

अभिलेख

लोकप्रिय