विश्व ऋण परिषदको सञ्चालकमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी
काठमाडौं : विश्वभरका बचत तथा ऋण सहकारीको छाता संगठन विश्व ऋण परिषद् (ओकू) को सञ्चालक समिति सदस्य पदमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिएका छन् । अमेरिकाको बोस्टन शहरमा आयोजना हुने ओकूको बार्षिक साधारण सभा अन्तर्गत सञ्चालक सदस्य पदको निर्वाचनमा उनले उम्मेदवारी दिएका हुन् ।
दक्षिण एशियाली क्रेडिट युनियनकै एकमात्र प्रतिनिधिको रुपमा नेफ्स्कूनका अध्यक्ष ढकालले उम्मेदवारी दिनका हुन् । ओकू बोर्डमा यो वर्ष रिक्त ४ जना सञ्चालक पदको लागि ५ जनाको उमेदवारी परेको छ ।
ओकूको आयोजनामा यही जुलाई २१ देखि २४ सम्म बोस्टन शहरमा विश्व क्रेडिट युनियन सम्मेलन २०२४ समेत हुँदैछ । जुलाई २२ मा ओकूको वार्षिक साधारण सभा हुँदैछ ।
४ जना सञ्चालक सदस्य पदको लागि नेफ्स्कून अध्यक्ष ढकालसँगै ब्राजिलस्थित सिक्रेडी, आयरल्याण्डको केन्द्रीय बचत संघ आइएलसीयू, अफ्रिकी बचत संघ एकोस्का र क्यारेबियन बचत संघ सीसीसीयूका तर्फबाट पनि उम्मेदवारी परेको छ ।
ओकूको साधारण सभामा सहभागी हुन अध्यक्ष ढकाल र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा आज अमेरिका जाँदैछन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार