१३ माघ २०८१, आईतवार

ज्योतिपुञ्ज सहकारीको संस्थागत पुँजी करिब ९ प्रतिशत

२०८१ साउन ४, शुक्रबार
ज्योतिपुञ्ज सहकारीको संस्थागत पुँजी करिब ९ प्रतिशत

काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको संस्थागत पुँजी करिब ९ प्रतिशत पुगेको छ । संस्थाले बिहीबार प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको संस्थागत पुँजी ८.९५ प्रतिशत पुगेको हो ।

१ अर्ब ३२ करोड १७ लाख १८ हजार ५५ रुपैयाँ कुल सम्पत्ती रहेको संस्थाको संस्थागत पुँजी ११ करोड ८३ लाख ५४ हजार ७ सय ८५ रुपैयाँ छ ।

कुनै पनि सहकारी बलियोपनको आधार भनेको संस्थागत पुँजीले हुने हो । ८.९५ प्रतिशत संस्थागत पुँजी हुनु भनेको निकै राम्रो मानिन्छ । आर्थिक वर्ष २०८०/०८१ अन्तिम लेखा परिक्षणबाट कोषमा रकम अझै बृद्धि हुने देखिन्छ ।

प्रकाशित विवरण अनुसार संस्थाको सेयर पुँजी ८ करोड २१ लाख ६२ हजार ७ सय रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ११ करोड ८ लाख ७७ हजार १२५ रुपैयाँ, बचत ९४ करोड ४२ लाख ८० हजार ६७१, लगानीमा रहेको कर्जा ९९ करोड १७ लाख ८१ हजार ९४३ रुपैयाँ र तरलता २२ करोड ५२ लाख १६ हजार २०३ (२३.८५) प्रतिशत रहेको छ ।

संस्थामा ४ हजार २४९ जना सदस्य आवद्ध छन् ।

अभिलेख

लोकप्रिय