ज्योतिपुञ्ज सहकारीको संस्थागत पुँजी करिब ९ प्रतिशत
काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको संस्थागत पुँजी करिब ९ प्रतिशत पुगेको छ । संस्थाले बिहीबार प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको संस्थागत पुँजी ८.९५ प्रतिशत पुगेको हो ।
१ अर्ब ३२ करोड १७ लाख १८ हजार ५५ रुपैयाँ कुल सम्पत्ती रहेको संस्थाको संस्थागत पुँजी ११ करोड ८३ लाख ५४ हजार ७ सय ८५ रुपैयाँ छ ।
कुनै पनि सहकारी बलियोपनको आधार भनेको संस्थागत पुँजीले हुने हो । ८.९५ प्रतिशत संस्थागत पुँजी हुनु भनेको निकै राम्रो मानिन्छ । आर्थिक वर्ष २०८०/०८१ अन्तिम लेखा परिक्षणबाट कोषमा रकम अझै बृद्धि हुने देखिन्छ ।
प्रकाशित विवरण अनुसार संस्थाको सेयर पुँजी ८ करोड २१ लाख ६२ हजार ७ सय रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ११ करोड ८ लाख ७७ हजार १२५ रुपैयाँ, बचत ९४ करोड ४२ लाख ८० हजार ६७१, लगानीमा रहेको कर्जा ९९ करोड १७ लाख ८१ हजार ९४३ रुपैयाँ र तरलता २२ करोड ५२ लाख १६ हजार २०३ (२३.८५) प्रतिशत रहेको छ ।
संस्थामा ४ हजार २४९ जना सदस्य आवद्ध छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार