सहकारीको मर्म र लयमा संस्था सञ्चालन गर्दा समस्या आउँदैन: नेफ्स्कून अध्यक्ष
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीको मर्म र लयमा संस्था सञ्चालन गर्दा कुनै समस्या नआउने भन्दै त्यसका लागि सहकारी प्रतिबद्ध रही काम गर्न संस्थाहरुलाई आग्रह गरेका छन् । सहकारीको पृथकतालाई मर्न नदिई यसका मूल्य, मान्यता र सिद्धान्तको बलियो टेकोले संस्था सञ्चालन गर्दा कुनै समस्या नआउने दाबी उनको थियो ।
भक्तपुरस्थित श्री बाराही साकोसको २६औं स्थापना दिवस कार्यक्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष ढकालले सहकारीलाई निजी व्यवसाय र वैयक्तिक आवश्यकता पूर्तिका लागि प्रयोग गरेका कारण नै समस्या आएको दाबी गरे । ‘सहकारीहरु सहकारी जसरी चलाउनुपर्छ । सहकारीको विश्वव्यापी मूल्य, मान्यता र सिद्धान्तलाई अंगिकार गरेर सदस्यहरुको बहुआयामिक विकासका लागि सञ्चालन गर्दा समस्या आउँदैन’, उनले भने ।
सहकारीमा केही वर्षयता देखिएका यावत् समस्याहरु सिद्धान्तको परिपालनाबाट च्यूत भई सुशासनलाई ख्याल नराख्दा आएको भन्दै अब बिस्तारै समस्याहरु समाधान हुँदै जाने र राम्रो गर्ने सहकारीहरु झन बलियो बन्दै जाने विश्वास उनले व्यक्त गरे । ढकालले भने, ‘चाल्र्स डार्बिनले सर्भाइभल अफ द फिटेष्ट भनेझैं अब सिद्धान्त, मूल्य, मान्यता, विधि र सुशासनका दृष्टिले फिट सहकारीहरुमात्र सर्भाइभ हुन्छन् ।’
यसैगरी, अध्यक्ष ढकालले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार गर्ने प्रतिवेदन सहकारी फ्रेन्डली हुने विश्वास समेत व्यक्त गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार