एकता सहकारीको रजत वर्षको अवसरमा समितिहरु बीच पुर्नमिलन
बागलुङ : एकता सहकारी संस्थाले रजत वर्षको अवसरमा विभिन्न समिति र उपसमितिका पदाधिकारीबीच पुर्नमिलन कार्यक्रमगरेको छ । संस्थाले स्थापना कालदेखि हालसम्मका विभिन्न समिति र उपसमितिका पदाधिकारीबीच पुर्नमिलन कार्यक्रम गरेको हो ।
सो अवसरमा संस्थाले ९० जनालाई संस्थाको लोगो अंकित चाँदीको सिक्का वितरण गरेको थियो ।
कार्यक्रमको शुभारम्भ बागलुङनगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले जिल्लाको सहकारीअभियानलाई जिवित राख्नका लागि एकता सहकारीले महत्वपूर्ण योगदान दिएको बताए । उनले आगामि दिनमा सदस्य केन्द्रितभएर संस्थाका गतिविधी संचालन गर्न आग्रह समेत गरेका थिए।
कार्यक्रममा संस्थाका संरक्षक पद्यमचन्द्र राजभण्डारी र संस्थापक अध्यक्ष चण्डीप्रसाद शर्माले मन्तव्य राखेका थिए । संस्थाकाप्रवन्धक दिपकजंग राजभण्डारीले स्थापना कालदेखि हालसम्म भएको गतिविधीका बारेमा जानकारी गराएका थिए।
कार्यक्रम संस्थाका अध्यक्ष धुर्व प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष युवराज राजभण्डारीको धन्यावाद मन्तव्य र सहसचिव सुनितापुरीको सञ्चालन गरेका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार