३० वैशाख २०८२, मङ्गलबार

समस्याग्रस्त हाम्रो नयाँ कृषि सहकारीका पीडितले पाए साढे २ करोड बचत फिर्ता !

२०८१ असार २६, बुधबार
समस्याग्रस्त हाम्रो नयाँ कृषि सहकारीका पीडितले पाए साढे २ करोड बचत फिर्ता !

काठमाडौं : समस्याग्रस्त हाम्रो नयाँ कृषि सहकारी संस्थाका पीडित बचतकर्ताहरुले साढे २ करोड बचत फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पीडित बचतकर्ताहरुको २ करोड ५७ लाख रुपैयाँ रकम फिर्ता गरेको छ ।

कार्यालयका अनुसार सहकारीका १९ बचतकर्तालले उक्त रकम फिर्ता पाएका हुन् । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर समस्यामा रहेको उक्त संस्थालाई भूमि व्यवस्था, सहकारी, तथा गरिबी निवारण मन्त्रालयले गत माघ ११ गते समस्याग्रस्त सहकारीको सूचीमा थपेको थियो ।

उक्त सहकारीविरुद्ध आवेदन दिएका पीडित बचतकर्तामध्ये ३१ पीडितको ५ करोड २० लाख ९० हजार १९८ रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको छ ।

समस्याग्रस्त घोषित उक्त सहकारी विरुद्ध ५० जना बचतकर्ताहरुले ७ करोड ७७ लाख ९० हजार १९८ रुपैयाँ बराबरको मागदाबी गर्दै आवेदन दिएका थिए ।

कार्यालयका अनुसार हालसम्म समस्याग्रस्त सहकारीको संख्या २१ पुगेको छ । २१ सहकारी विरुद्ध ५९ हजार ५८७ बचतकर्ताले ३६ अर्ब २८ करोड ९६ लाख ८१ हजार ७८० रुपैयाँ बराबरको मागदावी गरेका छन् ।

जसमध्ये कार्यालयले एक हजार २१२ बचतकर्ताको ७९ करोड ८१ लाख ४६ हजार ४५८ रुपैयाँ फिर्ता गरिसकेको छ भने तीन सहकारीको बचत राफसाफ गरिसकेको थियो ।

अभिलेख

लोकप्रिय