बाढी पीडितको उद्वार, राहत तथा पुन: स्थापनामा जुट्न नेफ्स्कूनको अपिल
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) ले मुलुकका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै बाढी पहिरो पीडितहरुको राहत उद्वार र पुनः स्थापनामा जुट्न अपिल गरेको छ ।
संघका तर्फबाट बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीले आज एक अपिल जारी गर्दै सहकारीको सर्वमान्य मूल्य, मान्यता र सिद्धान्तलाई शिरोपर गर्दै ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारिताको मर्म अनुरुप बाढी पहिरो प्रभावित जिल्लासँगै देशै भरका सहकारीकर्मीहरुलाई उच्च प्राथमिकताका साथ एकताबद्ध रुपमा सम्भाव्य सहयोगमा जुट्न आग्रह गरेका हुन् ।
साथै बाढी पहिरो प्रभावित क्षेत्रमा मानवीय, स्वास्थ्य सामाग्री, औषधि उपचार, खाद्य सामाग्री लगायत अत्यावश्यक सहायताको उपलब्धताका लागि स्थानीय सरकार र सहकारी सञ्जालमार्फत खटिन पनि यस केन्द्रिय संघ सबैमा विशेष अनुरोध समेत गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार