बाढी पीडितको उद्वार, राहत तथा पुन: स्थापनामा जुट्न नेफ्स्कूनको अपिल
![बाढी पीडितको उद्वार, राहत तथा पुन: स्थापनामा जुट्न नेफ्स्कूनको अपिल](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/07/badi.jpg)
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) ले मुलुकका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै बाढी पहिरो पीडितहरुको राहत उद्वार र पुनः स्थापनामा जुट्न अपिल गरेको छ ।
संघका तर्फबाट बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीले आज एक अपिल जारी गर्दै सहकारीको सर्वमान्य मूल्य, मान्यता र सिद्धान्तलाई शिरोपर गर्दै ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारिताको मर्म अनुरुप बाढी पहिरो प्रभावित जिल्लासँगै देशै भरका सहकारीकर्मीहरुलाई उच्च प्राथमिकताका साथ एकताबद्ध रुपमा सम्भाव्य सहयोगमा जुट्न आग्रह गरेका हुन् ।
साथै बाढी पहिरो प्रभावित क्षेत्रमा मानवीय, स्वास्थ्य सामाग्री, औषधि उपचार, खाद्य सामाग्री लगायत अत्यावश्यक सहायताको उपलब्धताका लागि स्थानीय सरकार र सहकारी सञ्जालमार्फत खटिन पनि यस केन्द्रिय संघ सबैमा विशेष अनुरोध समेत गरेको छ ।
अभिलेख
लोकप्रिय
![](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/11/Natural-16th-AGM.jpg)
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/09/NC-sahakari.jpg)
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/08/sahakari-sanjal-1.jpg)
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/05/Ishwor-Neupane.jpg)
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts
![](https://www.sahakarikhabar.com/wp-content/uploads/2025/01/rochdale-cooperative.jpg)
पोखरा रोयल साकोसका प्रतिनिधि बेलायतको रोचडेल सहकारी, अन्तर सम्बन्धका विषयमा छलफल
११ माघ २०८१, शुक्रबार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/01/Sahakari-Bivag.jpg)
सम्पति शुद्धीकरण निवारण सम्बन्धी सहकारीलाई जारी संशोधित निर्देशनमा के छ?
१० माघ २०८१, बिहीबार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2025/01/ncf-chalfal.jpg)
राष्ट्र बैंकले तयार गरेको निर्देशन तथा मापदण्डको मस्यौदामाथि छलफल
१० माघ २०८१, बिहीबार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2021/08/nefscun-new-logo.jpg)