विश्वसनीय एवम् उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै जाने राष्ट्रिय सहकारी बैंकको प्रतिबद्धता

काठमाडौं : सहकारीको प्रवर्द्धन, विकास तथा बैँकिङ्गको लागि सहकारी क्षेत्रको एक मात्र बैँक ‘राष्ट्रिय सहकारी बैंक लिमिटेड’ स्थापनाको २२औं वर्ष प्रवेश गरेको छ ।
राष्ट्रिय सहकारी बैंक २०६० असार २५ गते दर्ता भएको थियो । तर, बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरू बीच २०६१ साउन १९ गतेदेखि कारोबार सुरु गरेको थियो । त्यस्तै २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ्ग कारोबार गर्न स्वीकृति प्राप्त भएको थियो ।
बैंकले साउन १९ गते कारोबार शुभारम्भ भएको दिनलाई स्थापना तथा कारोबार शुभारम्भ दिवसका रुपमा मनाउँदै आएको छ ।
२२ वर्ष प्रवेशको अवसरमा बैंकले परिकल्पनाकार, संस्थापक, पूर्व सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, शेयर सदस्य सहकारी संघ/संस्थाहरु, नियामकिय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संघ/संस्थाहरु, कर्मचारीहरू, शुभेच्छुक तथा सरोकारवाला निकायहरू प्रति आभार प्रकट गरेको छ । आगामी दिनमा अझ बढी प्रभावकारी, आधुनिक प्रविधिमैत्री, विश्वसनीय एवम् उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता समेत बैंकले व्यक्त गरेको छ ।
२०८१ जेठ मसान्तसम्ममा बैंकको सेयर पुँजी २ अर्ब ८० करोड, जगेडा कोष १ अर्ब ४७ करोड, कुल बचत ५६ अर्ब ३१ करोड, लगानी २६ अर्ब ६० करोड, तरलता २५ अर्ब ६० करोड, कुल संस्थागत पुँजी १ अर्ब ४७ करोड, विभिन्न कोषहरुमा १७ करोड र कुल सम्पत्ती ६४ अर्ब ७१ करोड रहेको छ । १६ हजार ३ सय ११ सदस्य रहेको बैंकको ऋणी सदस्य १ हजा ५ सय ४३ रहेको छ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार