यी हुन् अन्तर्राष्ट्रिय सहकारी दिवसमा पुरस्कृत व्यक्ति तथा सम्मानित सहकारी
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लि. नेपालले १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा विभिन्न व्यक्तित्व तथा उत्कृष्ट सहकारी संघ/संस्थालाई पुरस्कृत गरेको छ ।
महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठले विभिन्न व्यक्तित्व तथा संघ/संस्थालाई पुरस्कार प्रदान गरेका थिए ।
राष्ट्रिय सहकारी पुरस्कारबाट महासंघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री केशव बडाल पुरस्कृत भएका छन् । सहकारी अभियानको विकास र विस्तारमा महत्वपूर्ण योगदान निरन्तर दिइरहको भन्दै महासंघले बडाललाई सम्मान गरेको हो । त्यस्तै उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहाल पुरस्कृत भएका छन् । यस्तै सहकारी पत्रकारिता पुरस्कारबाट सहकारी खबरका सम्पादक काजी श्रेष्ठ र मेरो लगानीकी संचारकर्मी सुधा देवकाटा पुरस्कृत भएकी छिन् ।
त्यसैगरि उत्कृष्ट सहकारी पुरस्कारबाट मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ सम्मानित भएका छन् । उत्कृष्ट व्यवासय पुरस्कारतर्फ ७ प्रदेशका १/१ संस्था पुरस्कृत भए । जसमा कोशीबाट झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था, मधेश प्रदेशबाट सर्लाहीको साना किसान कृषि सहकारी संस्था, बागमती प्रदेशबाट भक्तपुरको युवा साकोस, गण्डकीबाट नवलपरासीको नवप्रतिभा साकोस, लुम्बिनीबाट दाङको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था, कर्णालीबाट सल्यानको ग्रामीण साकोस र सूदूरपश्चिमबाट कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्था सम्मानित भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार