२२ कात्तिक २०८३, आईतवार

आज १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस

२०८१ असार २२, शनिवार
आज १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस

काठमाडौं : आज जुलाई महिनाको पहिलो शनिबार अर्थात् अन्तर्राष्ट्रिय सहकारी दिवस । विश्वभरका सहकारीहरुले विविध कार्यक्रम आयोजना गरेर यो दिवस मनाउँदैछ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए)ले यस वर्षको नारा Cooperatives Build a Better Future For All’ (सहकारीले सबैका लागि समुन्नत भविष्य निर्माण गर्दछ) तय गरेको छ ।

नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१औं राष्ट्रिय सहकारी महासंघ दिवस मनाईदै छ ।

आईसीएको आह्वानमा विश्वभरका सहकारीहरुले सन् १९२३ देखि हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार यो दिवस मनाउने गरिन्छ । सन् १९९५ मा संयुक्त राष्ट्र संघ (यूएन)को महासभाले समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको फुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै यस दिनलाई संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा समेत मनाउने घोषणा गरेको थियो ।

यसरी राष्ट्र संघले यो दिवसलाई औपचारिकरुपमा आत्मसात गरेपछि सन् १९९५ देखि आइसीए र यूएन अन्तर्गतको सहकारी प्रवद्र्धन र विकास सम्बन्धी समिति (कोप्याक)ले संयुक्तरुपमा अन्तराष्ट्रिय सहकारी दिवसको थिम तय गर्दै आएका छन् ।

संयुक्त राष्ट्र संघले सम्बोधन गरेका प्रमुख विश्वव्यापी समस्या समाधान गर्न सहकारी संस्थाहरु र तिनको योगदानको बारेमा सचेतना बढाउनु रहेको आईसीएले उल्लेख गरेको छ । साथै दिवसले अन्तर्राष्ट्रिय सहकारी आन्दोलन र अन्य सरोकारवाला निकायहरु बीचको साझेदारीलाई सुदृढ र विस्तार गर्न सहयोग पु¥याउने आईसीएको विश्वास रहेको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसलाई विभिन्न विषय र प्रकृतिका सहकारीले सदस्य र समुदायको दिगो भविष्य निर्माण गर्न खेलेको भूमिका र सन् २०३० सम्ममा संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरु (एसडीजी) कार्यान्वयन गर्ने प्रयासमा पु¥याएको योगदान देखाउने अवसरकोरुपमा सदुपयोग गर्न आईसीएले आग्रह गरेको छ ।

यसैगरी नेपालमा राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसका दिन आफ्नो स्थापना दिवस मनाउने गरेको छ । महासंघले हरेक वर्ष राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान तथा उत्कृष्ट सहकारी पुरस्कार प्रदान गर्ने गरेको छ ।

 

अभिलेख

लोकप्रिय