जिनव इंन्कद्वारा ‘सहकारीमा प्रविधिको सशक्तिकरण’ कार्यक्रम सुरु
काठमाडौं : सहकारी संस्थाहरुलाई १४ वर्षदेखि कोर बैंकिङ्ग सम्बन्धी प्राविधिक सेवा उपलब्ध गराउँदै आइरहेको जिनव इंन्क प्रालीले ‘सहकारीमा प्रविधिको सशक्तिकरण’ कार्यक्रम सुरु गरेको छ । कम्पनीले विकास र प्रवद्र्धन गरिरहेको फिनएक्स को-अपरेटिभ सफ्टवेयरका साथै वित्तीय बजारमा विकास भएका नयाँ प्रविधि तथा सहकारीमा प्रविधिमा आधारित सेवा सञ्चालनका चूनौति र सम्भावनाका विषयमा छलफल गर्ने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर रमिता चौधरीले जानकारी दिईन ।
कम्पनीले पहिलो चरणमा मध्यपश्चिम तथा सुदूरपश्चीमका जिल्लाहरुमा ‘डिजिटल भविश्यका लागि सहकारीमा प्रविधिको सशक्तिकरण’ विषयमा अन्तरक्रिया कार्यक्रमबाट यो अभियानको सुरुवात गरेको हो । यसअन्र्तगत जेठ १४ देखि असार १४ गतेसम्म चितवनको नारायणघाट, बाँकेको नेपालगञ्ज र कोहलपुर, रुपन्देहीको वुटवल, सुर्खेतको मेलकुना तथा विरेन्द्रनगर, बर्दिया, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएका छन् । यस्तै जिल्लाका विभिन्न सहकारी संस्थाहरुसँग समेत छुट्टाछुट्टै छलफल गरिएको छ । कार्यक्रममा १५० वटा भन्दा बढी संस्थाका संचालक तथा उच्च व्यवस्थापकहरुको सहभागिता थियो ।
कार्यक्रममा फिनएक्स को-अपरेटिभ सफ्टवेयरमा थप भएका कर्जा लगानी प्रक्रिया सम्बन्धी विस्तृत मोडल (Loanwolf’-loan processing model), गो एएमएल (Go AML), कोपोमिस (COPOMIS), पल्स मनिटरिङलगायत नयाँ सुविधाहरुबारे डेमो प्रस्तुत गरिएको थियो । यस्तै कम्पनीले विकास गरेको डिजिटाइजेसन सम्बन्धी एप्सहरु एम कोप एपमार्फत क्युआर कोड भुक्तानी तथा फर्छौट, मिस्डकलमार्फत मोवाईल रिचार्ज, बैंकबाट सहकारीमा र सहकारीबाट बैंक खातामा रकम ट्रान्सफर, इसेवा खल्तीलगायतका वालेटहरुमा रकम ट्रान्सफर र वालेटबाट सहकारीको खातामा रकम ट्रान्सफर, एटीएम (SCT & COOP Card) लगायतका सुविधाबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।
सिइओ चौधरीले नै सहजिकरण गरेकी कार्यक्रममा कम्पनीका अध्यक्ष, वरिष्ठ डेभलपर तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको समेत उपस्थिती थियो । कम्पनीले साउन १५ गतेपछि पुर्वी तराईका जिल्लाहरुमा समेत यस्तै प्रकृतिको कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको छ ।

लामो समयदेखि सहकारी क्षेत्रका लागि आवश्यक प्रविधिहरुको विकास गर्दै आएको कम्पनीले गत साउन १ गतेदेखि फिनएक्स को-अपरेटिभ सफ्टवेयर नामबाट नयाँ नयाँ विषेशता सहितको प्रविधिहरुको विकास र विस्तार गरिरहेको छ । हाल ४ सय वटा भन्दा बढी संस्थाहरुले कम्पनीले विकास गरेको फिनएक्स को–अपरेटिभ सफ्टवेयर सेवा प्रयोग गरिरहेका छन् । जसमध्ये हाल १५० भन्दा बढी संस्थाहरुले क्लाउडमा आधारित सेवाहरु उपभोग गरिरहेका छन् । कम्पनीले क्लाउडमा आउन बाँकी संस्थाहरुलाई पनि विशेष सुविधा सहितको योजना सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको पहिलो त्रैमासभित्र बाँकी संस्थाहरु पनि क्लाउडमा आइसक्ने कम्पनीकी सिइओ इञ्जिनियर चौधरीले दावी गरिन् ।
सूचना प्रविधि फिन टेकको क्षेत्रमा लामो अनुभव हासिल रहेको कम्पनीले सहकारी क्षेत्रका लागि नयाँ-नयाँ प्रविधिको विकासमा काम गरिरहेको छ । कम्पनी हाल फिनएक्स को-अपरेटिभ सफ्टवेयरलाई नेपालकै सबैभन्दा बढी विशेषता भएको सफ्टवेयरका रुपमा विकास गर्ने योजनासहित अघि बढिरहेको छ । यसका लागि लामो समयदेखि सफ्टवेयर निर्माणमा विज्ञता हासिल गर्नुभएकी वरिष्ठ इञ्जिनियर सीईओ रमिता चौधरीको नेतृत्व गरिरहेकी छिन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
