संसदीय समिति र सहकारी अभियानको शीर्ष नेतृत्वबीच छलफल
काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको सातौं बैठक आज बसेको छ । समितिले सहकारी अभियानको शीर्ष नेतृत्वबीच छलफल र अन्तरक्रिया गरेको हो ।
समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायकका सम्बन्धा छलफल भएको थियो ।
सो छलफलमा समितिका सभापति सुर्य थापाले सहकारी समस्याका बारेमा र समाधानको उपाय पत्ता लगाउने सम्बन्धमा विभिन्न सरोकारावालसँग छलफल जारी रहेको बताए । उनले तथ्यगत रुपमा अध्ययन अनुसन्धान गरेर समस्या समाधानका लागि उपाय खोजी गर्ने बताए । विगतका विभिन्न समितिका प्रतिवेदन समेत अध्ययन गरिरहेको बताउँदै समस्या पालेर समाधान खोज्न नहुने उनले बताए ।
सो छलफलमा सांसद ध्रुवबहादुर प्रधन, लेखनाथ दाहाल, शिशिर खनालले सहकारी संस्थाहरुमा देखिएको संकट समाधानका गर्नुपर्ने आवश्यक कार्यको विषयमा अभियानकर्मीसँग सुझाव लिएका थिए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले समस्या हुनुको मुख्य कारण र समाधानका उपायहरुको विषयमा जानकारी गराउँदै लिखित रुपमा समेत बुझाएका थिए ।
सो छलफलमा महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल, उपाध्यक्ष डिवि बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईको उपस्थिति थियो ।
छलफलमा राष्ट्रिय सहकारी महासंघ अध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष डिबी बस्नेत, निवर्तमान अध्यक्ष मिनराज कडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतको उपस्थिती थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार