२२ कात्तिक २०८३, आईतवार

समयमै सहकारीको ऋण चुक्ता गर्न सुदूरपश्चिम प्रदेश सरकारको उर्दी जारी

२०८१ असार १८, मङ्गलबार
समयमै सहकारीको ऋण चुक्ता गर्न सुदूरपश्चिम प्रदेश सरकारको उर्दी जारी

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले सहकारी संस्थाहरुका ऋणी सदस्यहरुलाई ऋण भुक्तान गर्न सूचना जारी गरेको छ ।

समयमै सावाँ तथा व्याज चुक्ता नगर्दा संस्थाको कारोबार, बचत फिर्ता र तरलतामा समेत बाधा पुग्ने भन्दै समयमै सहकारीको ऋण चुक्ता गर्न सूचना जारी गरेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सूचना जारी गर्दै भनेको छ, ‘सदस्यहरुले भुक्तान गर्नुपर्ने सावाँ ब्याज चुक्ता नगर्दा संस्थाहरुमा नै समस्या उत्पन्न हुने भएकोले सुदूरपश्चिम प्रदेश सहकारी ऐन, २०७५ को परिच्छेद १२ तथा प्रदेश सहकारी नियमावली, २०७६ को परिच्छेद ८ मा ऋण असुली तथा बाँकी बक्यौता सम्बन्धी कानूनी व्यवस्था भएकोले प्रचलित कानूनको पूर्ण परिपालन गरी सहकारी संस्थामा रहेका ऋणी सदस्यहरुले समयमा ऋण फिर्ता गर्न र आवश्यकता अनुसार नियमित कारोबार गर्न जानकारी गरिन्छ । साथै सहकारी संस्थाबाट ऋण लिदा जुन प्रयोजनको लागि ऋण लिनु भएको छ सोही प्रयोजनमा उपयोग गरी समयमा नै ऋण र ब्याज रकम फिर्ता गरी संस्थाको प्रगतिमा सहयोग गर्न गराउन हुन सहकारी संघसंस्था, शेयर सदस्य, ऋणी सदस्य सम्पूर्णमा जानकारी गराईन्छ ।’

अभिलेख

लोकप्रिय