२२ भदौ २०८३, सोमबार

पालुङ सहकारीले उत्पादन तथा संकलन गरेको तरकारी माँ बगलामुखीले बिक्रि गर्ने

२०८१ असार १८, मङ्गलबार
पालुङ सहकारीले उत्पादन तथा संकलन गरेको तरकारी माँ बगलामुखीले बिक्रि गर्ने

काठमाडौं : मकवानपुर स्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादन तथा संकलन गरेको तरकारी ललितपुर स्थित माँ बगलामुखी सहकारी संस्थाले बिक्री वितरण तथा व्यवस्थापन गर्ने भएको छ ।

दुई संस्था बीच तरकारी बिक्री वितरण तथा व्यवस्थापन सम्बन्धमा एक औपचारिक कार्यक्रम बीच सम्झौता भएको छ । माँ बगलामुखी सहकारीको तर्फबाट अध्यक्ष लक्ष्मण महर्जन तथा पालुङ बहुउद्देश्यीय सहकारीको तर्फबाट अध्यक्ष कृष्ण बहादुर विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रमको सहजिकरण लगायतका सम्पूर्ण कार्यक्रमको व्यवस्थापन पालुङ्ग सहकारीका संस्थापक अध्यक्ष विष्णुहरी ढकालले गरेका थिए ।

कार्यक्रममा माँ बगलामुखी सहकारीको तर्फबाट संस्थामा कोषाध्यक्ष अञ्जु तण्डुकार, व्यवस्थापक सुनिल महर्जन तथा पालुङ्ग बहुउद्देश्यीय सहकारीको तर्फबाट संस्थापक अध्यक्ष विष्णुहरी ढकाल, पूर्व अध्यक्ष दिनमणि ढकाल, व्यवस्थापक प्रकाश पौडेल, सह व्यवस्थापक राम प्रसाद ढकाल, थाहा नगरपालिकाका निवर्तमान उपाध्यक्ष खड्ग गोपाली तथा तःननि साकोसका सचिव रत्नमान महर्जन समेतको उपस्थिति थियो ।

यस सम्झौताले सिधै सहकारीका सदस्य तथा स्थानीय समक्ष पुर्याउन मद्दत पुग्ने विश्वास लिएको संस्थाले लिएको छ ।

 

अभिलेख

लोकप्रिय