सहकारीको ऋण असुलीमा सहजीकरणका लागि सरकारको गृहकार्य तिब्र
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी संघ/संस्थाको कर्जा असुली प्रक्रियालाई कानुनी रुपमा सहजीकरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेका बताएका छन् ।
उनले सहकारी संघ/संस्थाको कर्जा असुलीलाई सहजीकरण गर्नका लागि सहकारी ऐनमा व्यवस्था भए अनुसार छिट्टै कर्जा असुली न्याधिकरण गठन र कर्जा सूचना केन्द्रमा आवद्ध गराउनका लागि तयारी भइरहेको बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा भएको सहकारीकर्मीसँगको भेटघाटमा उनले सो कुरा बताएका हुन् ।
राष्ट्रिय सहकारी महासंघले सहकारीको ऋण असुलीमा सहजीकरण गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटालगायत भुमि सुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृतहरुसँगको छलफलका क्रममा सो जानकारी गराएका हुन् ।
महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारी ऐनमा सहकारी संस्थाले अचल सम्पत्ति खरीद गर्दा आय टिकट दस्तुर वा रजिष्ट्रेशन दस्तुर नलाग्ने उल्लेख गरेको भएपछि सबै प्रदेशमा लागु नभएको, धितो लिलाम विक्री गर्दा कसैले सकार नगरेपछि संथाले सकार गर्न सक्ने व्यवस्था भएपनि त्यसका लागि झन्झट भएकाले सहजीकरण गर्नुपर्ने, कार्यक्षेत्रभित्रको सदस्यको कार्यक्षेत्रबाहिरको धितो राख्न सहजीकरण गरी सम्पूर्ण मालपोल कार्यालयलाई परिपत्र गरिदिनुपर्ने, ऋण असुल गर्नका लागि संस्थाले कुनै सदस्यको खाता, जायजेथा स्वामित्व हस्तानतरण नामसारी वा विक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाएमा रोक्का राखि दिनुपर्नेलगायतका विषय प्रस्तुत गरेकी थिईन ।
भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक सापकोटाले ऐन नियम अनुसार सहजीकरण गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले प्रदेशका कार्यक्षेत्रभित्रका विषयमा प्रदेशसँग नै बहस पैरवी गर्नुपर्ने समेत बताए ।
सो छलफलमा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल, उपाध्यक्ष डिवी बस्नेत, संचालक काशीराज बराल, सुमन नेपाल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेप्mस्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, राष्ट्रिय सहकारी बैंकका सिइओ बद्री गुरागाई, भुमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजार काठमाडौंका प्रमुख मालपोत अधिकृत जीवन सेढाई, छविलाल नेपाली, भुमि सुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरका प्रमुख मालपोत अधिकृत जीवन सेढाईलगायतको उपस्थिति थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार