सहकारीको ऋण नतिर्नेलाई मात्रै होइन्, तिर्नु पर्दैन भन्नेलाई पनि कारबाही गर्छौं: प्रहरी
बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) ऋषीराम कंडेलले सहकारीको ऋण नतिर्नेलाई मात्र होइन्, तिर्नु पर्दैन भन्नेलाई पनि कारबाही गरिने बताएका छन्। ऋण तिर्नु पर्दैन भनेर जबरजस्ती स्थापित गर्न खोजिएको भन्दै उनले त्यस्ता व्यक्तिलाई कानुनको दायरामा ल्याउँन प्रहरीले सहकारी अभियानलाई सघाउने बताए ।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले बागलुङमा आयोजना गरेको सहकारीता, सहकारी ऐन, नियम तथा समसामयिक विषयमा अभिमूखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
समाजमा घटेका हरेक घटनामा आर्थिक विषय जोडिएको भन्दै उनले सहकारी क्षेत्रमा देखिएको समस्याले समाजको शान्ति सुरक्षामा समेत प्रभाव परेको बताए। जनताको जीउ धनको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै कंडेलले एक नागरिकको पैसा अर्काे नागरिकले खाएर उम्कन नमल्निे र आफुहरुले उम्कन पनि नदिने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार