२२ भदौ २०८३, सोमबार

सप्ताहव्यापी कार्यक्रम गरी किसान साकोसले मनायो २९औं स्थापना दिवस

२०८१ असार १६, आईतवार
सप्ताहव्यापी कार्यक्रम गरी किसान साकोसले मनायो २९औं स्थापना दिवस

गैंडाकोट (नवलपुर) : किसान बचत तथा ऋण सहकारी संस्थाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी २९औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत २०८१ असार १५ गते वृहत खुल्ला रक्तदान कार्यक्रम तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । समुदायमा आधारित र सदस्य केन्द्रित साकोसले सार्वजनिक स्थल सरसफाई, ट्राफिक सचेतना, खेलकुद लगायत कार्यक्रम समेत भव्यतापूर्वक सम्पन्न गरेको छ ।

रक्तदान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सहज सेवाकेन्द्र गैंडाकोट ४ र कावासोती सेवाकेन्द्र कावासोतीमा गरी दुइ ठाउँँमा आयोजित गरिएको थियो जसमध्ये सहज सेवाकेन्द्रमा आयोजित कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलले गरेका थिए भने प्रमुख अतिति नेफस्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योती पौडेल रहेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण संस्थाकी सचिव सरस्वती कंडेलले गरेकी थिइन । संस्थाका निर्वतमान अध्यक्ष श्रीहरि चालिसेले स्वागत मन्तव्य राख्दै किसानले वित्तीय कारोवार मात्र नगरी सामाजिक कृयाकलाप हरुमा जोडिदैं मानवीय सेवा अन्तर्गत रक्तदान कार्यक्रम र विपन्न सदस्यका छोरा छोरीलाई शैक्षिक सामाग्री वितरण गर्ने कार्य विगत वर्षहरुमा समेत निरन्तर रुपमा यस्ता कृयाकलाप सञ्चालन गर्दै आएको जानकारी गराए ।

५ वटा सामाजीक संस्थाहरु सहित भएको रक्तदान कार्यक्रम मा ५९ जना रक्तदाताले रक्तदान गरेका थिए भने २४ जना विद्यार्थी लाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

कावासोतीमा भएको कार्यक्रम अध्यक्षता संस्थाका उपाध्यक्ष एवं स्थापना दिवस कार्यक्रम कार्यदल संयोजक चिन्तामणी कंडेलले गरेका थिए भने प्रमुख अतिथि जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलक प्रसाद पराजुली रहेका थिए ।

उक्त कार्यक्रम सहजीकरण संस्थाका विभागीय प्रमुख प्रेम अधिकारीले गरेका थिए। संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रम मा ६७ जना रक्तदाताले रक्तदान गरेका थिए भने २६ जना विद्यार्थी लाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

यस्तै, साकोसले कर्मचारीहरुको ज्ञान अभिवृद्धि तथा कर्मचारीबीचको मैत्रीपूर्ण कार्यक्रम अन्तर्गत असार १४ गते अन्तरसेवा केन्द्र स्तरीय कर्मचारी हाजिरी जवाफ प्रतियोगिता पनि सम्पन्न गरेको छ । हाजिरी जवाफ प्रतियोगीतामा २३ वटा सेवाकेन्द्रको सहभागिता थियो । जस मध्ये २३ वटा सेवाकेन्द्र लाई ३ वटा समुहमा विभाजन गरी ३ वटा समुहबाट प्रथम र द्वितीय हुने सेवाकेन्द्र हरुबाट फाइनल चरणमा ६ वटा सेवाकेन्द्र बीच प्रतिस्पर्धा गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने सेवाकेन्द्र हरुलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा हिमचुली सेवाकेन्द्र प्रथम, जनमुखी सेवाकेन्द्र द्वितीय, कावासोती सेवाकेन्द्र तृतीय र विजयनगर सेवाकेन्द्र सान्तवना पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

हाजिरी जवाफ प्रतियोगितामा सहकारी ऐन, नियम, बैंक तथा वित्तीय संस्था अन्तर्गत २५५, संस्थाको नीतिकार्यविधि र इतिहासवाट ५०५ र समसामयिक तथा अन्य विषय वस्तुवाट २५५ प्रश्नहरु सोधिएको थियो ।

अभिलेख

लोकप्रिय