एकता सहकारीद्वारा उपल्लाचौर सेवा केन्द्र सदस्यलाई सहकारी शिक्षा
बागलुङ : एकता सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको उपल्लाचौर सेवा केन्द्र अन्तर्गतका सदस्यहरूलाई सहकारीबारे आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा अन्तर्गतका बचत सेवा र ऋण सेवासँगै सहकारी नीति, नियमबारे सदस्यहरूलाई जानकारीका लागि शुक्रबार कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटनपछि बोल्दै बागलुङ नगरपालिकाका नगर कार्यपालिका सदस्य ज्योति विष्टले सहकारीको क्षेत्रमा समदर्शीको बेग्लै पहिचान रहेको उल्लेख गर्दै सहकारी संचालनका लागि तय गरिएका नीतिहरूबारे जानकारी रहनुपर्नेमा जोड दिईन। कार्यक्रममा बागलुङ जिल्ला सहकारी संघ लिमिटेड बागलुङका उपाध्यक्ष पिंगला जि.सी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सहजिकरण एकता सहकारी संस्थाका शिक्षा उपसमितिका सदस्य ईश्वर ठाकुर पौडेलले गरेका थिए । पौडेलले सहकारीको मर्मअनुसार संस्थाले समान रूपले काम गर्ने बताउँदै सहकारी संस्था स्थापनाको उद्देश्यबारे जानकारी लिनु जरुरी रहेको बताए। उनले सहकारी सामाजिक उत्तरदायित्व वहन गरि सदस्यहरूको आर्थिक, सामाजिक समस्या समाधानका लागि स्थापना गरेको बताए।
कार्यक्रम एकता सहकारी संस्थाका सहसचिव एवं शिक्षा उपसमितिका संयोजक सुनिता पुरीको अध्यक्षता, उपसमिति सदस्य शान्ति ज्वालाको स्वागत तथा सदस्य ईश्वर ठाकुर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
