२२ भदौ २०८३, सोमबार

नेचुरल सहकारीद्वारा महिला उद्यमिशलता विकास तथा अन्तरक्रिया कार्यक्रम

२०८१ असार १०, सोमबार
नेचुरल सहकारीद्वारा महिला उद्यमिशलता विकास तथा अन्तरक्रिया कार्यक्रम

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्य सेवा केन्द्र साँखु सम्पर्क कार्यालय काँडाघारी केन्द्रीतमहिला उद्यमिशलता विकास तथा अन्तरक्रिया कार्यक्रमसम्पन्न गरेको

सस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव बिकल्प पाठकले संस्थाले संचालन गरेको लघुउद्यमिशलता विकास कार्यक्रमले सदस्यहरुलाई सशक्त, सवल, सक्षम बनाई नेतृत्वदायी भूमिकामा समेत पुर्याउन महत्वपूर्ण योगदानरहेको बताए ।

साथै, उद्यमशिलताले रोजगारी सृजना गर्ने आम्दानी वृद्धि गरि आत्मनिर्भर बन्नको लागि लघु व्यवसायको महत्त्वबारेवृतचित्र सहितको प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रमकै बीचमा उपस्थिति सदस्यहरुले उत्पादन गरेका वस्तुहरुको जानकारी गराउदैँ उचित बजारीकरणको बिषयमा छलफलसमेत भएको थियो कार्यक्रममा अन्तरक्रियाको चरण छुट्टाईएको थियो जसमा सदस्यहरुले उत्साहजनक रुपमा प्रश्न राखेका थिएभने संस्थाका सचिव प्रष्ट पारेका थिए।

कार्यक्रममा संस्थाका समिति तथा उपसमितिका महिला  पदाधिकारीहरु, उच्च व्यवस्थापनका कर्मचारीहरू, सेवा केन्द्र साँखुकार्यालयका कर्मचारीहरू तथा सदस्य बृहत सहभागिता थियो

अभिलेख

लोकप्रिय