मध्यपुर थिमि नगरपालिकाद्वारा कुषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा
भक्तपुर : मध्यपुर थिमि नगरपालिकाले पहिलो पटक सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । संस्थाले सदस्यलाई बचत फिर्ता नगरेको भन्दै कृषि विकास बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।
स्थानीय सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेको यो नै पहिलो हो । नगरपालिकाले कृषि विकासलाई समस्याग्रस्त घोषणा गर्नुको साथै कालो सूचीमा समेत राखेको छ।
स्थानीय सरकारको प्रत्याभुति दिनेगरी मध्यपुर थिमि नगरपालिकाले संविधानमार्फत प्राप्त अधिकार पुर्ण रुपमा प्रयोग गरी केही समय अगाडि आफ्नो स्थानीय तहमा रहेका सहकारीहरुको व्यवस्थापन र अनुगमन गर्नका लागि सहकारी ऐन जारी गरेको थियो । सोही ऐनको आधारमा संस्थालाई समस्याग्रस्त घोषणासँगै कालोसूचिमा राखेको नगरपालिकाका उपप्रमुख तथा स्थानीय सरकारको न्यायिक समितिका संयोजक विजय कृष्ण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार मध्यपुर थिमि नगरपालिकाले स्थानिय सरकारको अधिकार क्षेत्रलाई प्रयोग गरि सहकारीको पूर्ण व्यवस्थापन गर्ने र अनुगमन गरी सहकारी संस्थालाई नियमन गर्नका लागि सहकारी ऐन जारी गरेको छ । जस अनुसार, सहकारीको, नियमन गर्न, अनुगमन समिति, व्यवस्थापन समिति, ऋण असुली न्यायधिकरण, स्थिरिकरण कोषको ब्यवस्था गर्ने, नगरस्तरीय सहकारी समन्वय समिति, कर्जा सूचना केन्द्रको ब्यवस्था गर्नुका साथै सहकारी ऐनमा सहकारीको विवाद सम्वन्धमा प्रारम्भिक सुनबाई न्यायिक समितिबाट हुने व्यवस्था गरेको जानकारी दिए ।
जस अनुसार न्यायिक समितिबाट मध्यपुर थिमि नगरको वडा नं. ३ स्थित गठ्ठाघरमा कार्यालय स्थापना गरी वितिय कारोबार गर्दै आएको कृषि विकास वचत तथा सहकारीको देशभर संचालकहरुको नाममा रहेको सम्पत्ति रोक्का गरेको थियो । त्यस पछाडि संचालक र पिडित बचतकर्ताहरु बीच छलफल गराएर सहमती गराउने प्रयास नगरपालिकाबाट पटक पटक भएको थियो । तर सहकारीका अध्यक्ष तथा संचालकहरुले सदस्यहरूको बचत रकम फिता गर्न कुनै पहल नगरेपछि थिमि नगरपालिकाले ऐनमा भएको अधिकारलाई प्रयोग गरी सो सहकारीलाई समस्याग्रस्त घोषणा कार्यपालिकाले गरेको हो ।
उपप्रमुख श्रेष्ठले व्यवस्थापन समितिमार्फत थप कार्यवाही अगाडि बढाउने र आमजनताको सहकारीमा रहेको वचत फिता गर्न आवश्यक कारबाही अघि बढाउने जानकारी गराए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार