२२ भदौ २०८३, सोमबार

आईडियल सहकारीको कुल सम्पत्ति १ अर्ब ३३ करोड, संस्थागत पुँजी ११ करोड बढी

२०८१ असार ३, सोमबार
आईडियल सहकारीको कुल सम्पत्ति १ अर्ब ३३ करोड, संस्थागत पुँजी ११ करोड बढी

सप्तरी : राजबिराज-४, मा केन्द्रीय कार्यालय रहेको आईडियल सहकारी संस्थाले २०८१ जेठ मसान्तसम्मको वित्तीय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको विवरण अनुसार संस्थाको कूल सम्पत्ति १ अर्ब ३३ करोड ९६ लाख ३८ हजार ६४४ रुपैयाँ रहेको छ ।

यस अवधिमा संस्थामा १६ हजार ३३६ सदस्य मध्ये १ हजार २५४ जना सदस्य छन् । संस्थाको सेयर पुँजी १२ करोड १२ लाख ३९ हजार ३०० रुपैयाँ, जगेडा कोषमा १० करोड ६४ लाख ९९ हजार ४१६ रुपैयाँ र विभिन्न कोषहरुमा ५ करोड २१ लाख ११ हजार २३४ रुपैयाँ छ । त्यसैगरी संस्थाको संस्थागत पूँजी ११ करोड १४ लाख ६० हजार १९ रुपैयाँ छ ।

संस्थामा ९५ करोड ३० लाख ३६ हजार ९६८ रुपैयाँ बचत र ७८ करोड ४१ लाख २० हजार ३८९ रुैपैयाँ ऋण लगानी रहेको छ। संस्थासँग ३७ करोड ४० लाख ८ हजार ६२९ रुपैयाँ अर्थात ३९.२४ प्रशित तरलता छ ।

संस्थाको सप्तरीको हनुमान बजार तथा पातो बजारमा सदस्य सेवाकेन्द्र रहेको छ।

अभिलेख

लोकप्रिय