चाइना ट्रेड सहकारीको व्यवस्थापकमा भट्टराई नियुक्त, १० वर्षे सहकारी अनुभव
काठमाडौं : महाबौद्ध स्थित चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको व्यस्थापकमा महेन्द्र प्रसाद भट्टराई नियुक्त भएका छन्।
लामो समयदेखि सहकारी क्षेत्रका कार्रत भट्टराईलाई सञ्चालक समितिको बैठकले व्यवस्थापकमा नियुक्त गरेको हो । आईतबार एक कार्यक्रमको बीच भट्टराईले जिम्मेवारी सम्हालेका छन्।
भट्टराईसँग सहकारी क्षेत्रमा काम गरेको १० वर्षभन्दा बढी अनुभव छ । स्नाकोत्तर अध्ययन गरेका भट्टराई यस अघि अन्नपूर्ण बहुमुखी सहकारी संस्थाको व्यवस्थापक थिए ।
भट्टराईको आगमनले चाइना ट्रेडको संस्थागत विकास र सबल संस्था निर्माणमा अतुलनीय योगदान पुग्ने अपेक्षा संस्थाले गरेको अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताए । भट्टराईको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा संस्थाले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा संस्था गरेको अध्यक्ष श्रेष्ठले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
निसर्ग हस्पिटलमा नवजीवन सहकारीका सदस्यलाई विशेष उपचार छुट
९ भाद्र २०८३, मंगलवार
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार