स्थापनाको ३५ वर्षमा चण्डेश्वरी साकोस

काठमाडौं : चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था (चण्डेश्वरी साकोस) स्थापनाको ३५ वर्षमा प्रवेश गरेको छ । २०४७ असार २ गते स्थापित चण्डेश्वरी साकोस एशिया स्तरको ब्राण्ड ‘एक्सेस सिल्भर’ प्राप्त संस्था हो ।
बनेपा–८, तीन दोबाटोमा मुख्य कार्यालय रहेको यस संस्थाले एक कार्यक्रमको बीच ३५औं स्थापना दिवस मनाएको छ । संस्थापक सचिव समेत रहेका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्षा बिकास बादे, संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठ लगायतको उपस्थितीमा आफ्नो स्थापना दिवस मनाएको हो ।
‘चण्डेश्वरी हजुरको हातमा, हजुरको समृद्धि चण्डेश्वरीको साथमा’ मुल थिमका साथ अघि बढेको चण्डेश्वरी समुदायको पहिलो रोजाईको संस्था हो । समुदायमा आधारित सुरक्षित र दिगो संस्थाको रुपमा चण्डेश्वरी स्थापित छ ।
स्थापना दिवसको अवसरमा संस्थाले सम्पूर्णमा शेयर सदस्य, सञ्चालन सदस्य, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, उप समिति सदस्य, कर्मचारी तथा सम्पूर्णमा शुभकामना व्यक्त गरेको छ ।
२०८० बैशाख समान्त सम्ममा संस्थामा १० हजार १ सय ७१ जना सदस्य आवद्ध भएका छन् । संस्थाको सेयर पुँजी ११ करोड ३८ लाख, जगेडा कोष १३ करोड ७ लाख, कुल सम्पत्ती १ अर्ब ४६ करोड, कुल बचत १ अर्ब ११ करोड, लगानीमा रहेको कर्जा ९८ करोड ९९ लाख, कुल संस्थागत पुँजी १३ करोड ३१ लाख, विभिन्न कोषहरुमा १ करोड १४ लाख रहेको छ । यस अवधिमा संस्थासँग ३७.९७ प्रतिशत तरलता छ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार