अन्य सफ्टवेयर सरहको सेवा ‘मिरा ईआरपी’ ले सुरु गरिसकेको छ: घनश्याम अधिकारी

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन), रारा ल्याब्स प्रालिसँगको सहकार्यमा नियोसिस टेक्नोलोजीले मिरा सफ्टवेयरलाई विकास गरेको हो । क्लाउडमा आधारित ईआरपी सफ्टवेयरले सहकारीबाट हुने सबै किसिमका काराबारलाई डिजिटल बनाउँछ ।
मिरा सफ्टवेयरमा सदस्य तथा शेयर व्यवस्थापन, बैंकिङ व्यवस्थापन प्रणाली, लेखा प्रणाली, मोबाइल बैंकिङ तथा ई बैंकिङ व्यवस्थापन, मौज्दात व्यवस्थापन प्रणाली लगायत सहकारीलाई डिजिटलाइज गर्न आवश्यक पर्ने सुविधाहरू छन् । मिरा सफ्टवेयरले सस्तो मूल्यमा गुणस्तरीय, भरपर्दो र सुरक्षित सेवा उपलब्ध गराउँछ । मिरा ईआरपीले विभिन्न चरणमा इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमको अडिट गरी आईएसओ २७००१ सर्टिफिकेट समेत प्राप्त गरेको छ । यसलाई अझै सुरक्षित बनाउन उच्च्स्तरीय प्रविधि पूर्वाधार तयार गरिएको छ ।
सहकारी संस्थाको सफ्टवेयरमा भएको तथ्यांकको सुरक्षा र गोपनियतामा कुनै पनि सम्झौता नगर्ने पनि नियोसिस टेक्नोलोजीले प्रतिवद्धता जनाएको छ । मिरा ईआरपीलाई नेपाली र अंग्रेजी दुवै भाषामा चलाउन सकिन्छ । गूगल प्ले स्टोर र एप्पल एप स्टोरबाट मिरा एप डाउनलोड गरी डिजिटल बैंकिङको सबै सुविधा घरबाटै लिन सकिने नियोसिस टेक्नोलोजीको जानकारी दिएको छ ।
कम्पनीले प्रयोगकर्तालाई आवश्यकता अनुसार २४ सै घण्टा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । कम्पनीले नि:शुल्क रुपमा सफ्टवेयर जडान, माइग्रेसन, सपोर्ट, तालिम, क्लाउड डाटा ब्याकअप, मोबाइल बैंकिङ एप्लीकेसन, इ-बैंकिंङ, एसएमएस बैंकिङ बजार प्रतिनिधिहरुले प्रयोग गर्ने एप्लीकेसन आदि उपलब्ध गराई सहकारीहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेको छ ।
यो सफ्टेवर प्रयोग गर्न अब सहकारीहरुले अन्य कुनै पनि हार्डवेयर, सुरक्षा, क्लाउड भण्डारण, ब्याकअप, फायरवाल, भिपिएन आवश्यक पर्दैन । कम्पनीले सफ्टवेयरको न्यूनतम १६ हजार रुपैयाँ कायम गरेको छ । मिरा प्रयोग गर्ने सहकारीको संख्या २ सय नाघिसेको छ ।
प्रस्तुत छ, नियोसिस टेक्नोलोजीका निर्देशक समितिका संयोजक समेत रहेका नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीसंग गरिएको भिडियो संवाद ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts


विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार
समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता, थप दुई संस्थाको राफसाफ हुँदै
२२ असार २०८२, आईतवार