वातावरण संरक्षणमा श्रोत परिचालन साकोसको पहलकदमी, ९.५% ब्याजदरमै इभी लोन
धादिङ : समुदायमा आधारित र सदस्य केन्द्रीत श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले ९.५ प्रतिशत ब्याजदरमै विद्युतीय सवारी साधन ऋण (इभी लोन) सुरु गरेको छ ।
संस्थाले सदस्यहरुलाई १५ सिट क्षमताको धादिङ काठमाडौं चल्ने सार्वजनिक सवारी साधन (फोटन फाइभ भी मोटर)मा सस्तो ब्याजदरमा लगानी गरेको हो । एक कार्यक्रमको बीच ग्रामिण यातायात सहकारी संस्थाले धादिङ काठमाडौं रुटमा ईभी भ्यान सञ्चालन गरेको छ । उक्त ईभी भ्यानमा श्रोत परिचालन साकोसले लगानी गरेको हो ।
संस्थामा आवद्ध सदस्यहरुले उक्त गाडी खरिद गर्न चाहेमा सहकारीले ८० प्रतिशतसम्म लगानी गर्ने संस्थाका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए । हाल चार वटा गाडीमा लगानी भएको बताउँदै तत्कालको लागि १० वटा गाडीमा संस्थाले लगानी गर्ने बताए ।
साकोसले वातावरण संरक्षणका लागि पहलकदमी गर्दै आएको छ । सोही क्रममा ईभी गाडीमा लगानी गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले जानकारी दिए । जसकारण वातावरण संरक्षणमा योगदान पुग्ने विश्वास नेपालको छ ।
त्यस्तै संस्थाले विश्व वातावरण दिवसका अवसरमा गल्छी बजारमा सरसफाइ तथा वातावरण सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
