२२ कात्तिक २०८३, आईतवार

वातावरण दिवसमा सगुन साकोसद्वारा मन्दिर परिसरमा वृक्षरोपण

२०८१ जेठ २४, बिहिबार
वातावरण दिवसमा सगुन साकोसद्वारा मन्दिर परिसरमा वृक्षरोपण

सर्लाही : हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्था (सगुन साकोस)ले विश्व वातावरण दिवसको अवसरमा हरिवन-३, मोहनपुरमा रहेको योगेश्वर शिव मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका कार्यवाहक अध्यक्ष तारादेबी सुबेदी पोखरेलको अध्यक्षतामा हरिवन वडा नं ३ का वडाध्यक्ष दिपमान लोप्चनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरु, संस्थाको संचालक, लेखा सुपरिवेक्षण समितिको सदस्य, सल्लाहकार, विभिन्न उपसमितहरु, कर्मचारीहरु, स्थानिय सदस्यहरु, मन्दिर ब्यवस्थापन गरि ४० जनाको उपस्थिति थियो ।

मन्दिर परिसरमा अशोक, तेजपत्ता, अमला, गुलमोहर, कल्की लगायतको १३० थान फुल तथा विरुवा रोप्ने कार्य गरिएको थियो । संस्थाले दिगो विकासका लक्ष्य अन्तर्गत वातावरण तथा जलवायु परिवर्तनलाई टेवा पुर्याउन पर्यावरणलाई बचाउने उद्देश्यले वृक्षरोपण  गरेको जनाएको छ ।

उक्त वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि दिपमान लोप्चनले वातावरण संरक्षणको लागी सगुन गरेको प्रयासको लागी हार्दिक धन्यबाद दिएका थिए । कार्यक्रम संचालन संस्थाका सचिव राज कुमार उप्रेतीले गरेका थिए ।

अभिलेख

लोकप्रिय