प्रविधि र सहकारीको सेतु ‘एम बैंक’

प्रविधि र सहकारीबीच अन्योन्याश्रित सम्बन्ध छ । राम्रो प्रविधिले सहकारीलाई पनि राम्रो बनाउँछ भने प्रविधि नहुँदा अहिलेको समयमा सहकारीको सामथ्र्य कमजोर हुन्छ । आगामी दिनमा प्रविधि विनाको सहकारी परिकल्पना गर्न सकिँदैन । प्रविधिमात्रै भनेर पनि हुँदैन । प्रविधि सुरक्षाको विषय महत्वपूर्ण हुन्छ । तर हामी कहाँ यी कुरालाई बेवास्ता गरिन्छ । एउटा सामान्य कुरा युजर र पासवर्ड मल्टिपल प्रयोग गर्नु हुँदैन । सिस्टमलाई क्लाउडमा राखिएपछि सर्टेन च्यानलबाट मात्रै लगईन गर्नुपर्छ । महत्वपूर्ण कुरा डाटा नै हो । मानिसहरु पेनड्राइभमा डाटाहरु राखिरहेका हुन्छन् । यस्ता कुरामा एकदमै विचार पुर्याउनु पर्दछ ।
अर्को भनेको, मोबाईलमा पासवर्ड समेत राखेका हुँदैनौं । ट्रान्जेक्सनमा ओटीपी, टू फ्याक्टर अथेन्टिकेशन राखेका हुँदैनौं । अहिले त मल्र्टी प्याक्टर अथेन्टिकेशन समेत आइसकेको छ । यी कुराहरुमा व्यक्तिहरुले ध्यान दिनुपर्छ । यदी डिजिटल ट्रान्जेक्सन गरिन्छ भने यी अनिवार्य कुरा हुन् । अब सहकारीको कुरा गर्दा जुन कम्पनीसँग पनि काम गर्ने परिपाटी नेपालमा छ । सस्तोमा पायो भन्दैमा मख्ख परेर काम गर्ने गरिन्छ । कम्पनी दर्ता, कम्पनीको इतिहास, कम्पनीको अडिट रिर्पोट मागिदैन, सेक्युटिको टेस्टिङ गरेको छ वा छैन, आईएओ अडिट गरेको छ वा छैन (आईएसओ ९००१, २७००१), भीएपीटी टेस्टिङ गरेको छ वा छैन, स्ट्रेस टेस्टिङ आदि कुरा महत्वपूर्ण हुन्छ ।
सिस्टम क्लाउडमा रोखेको हुन्छ तर ट्रान्जेक्सन गर्दा समय लाग्ने भयो भने यसको के काम ? क्लाउडमा राखेपछि इजी एक्सेस, फास्ट सर्भिस, रिलायबल र सेक्योर्ड हुनुपर्छ । कम्पनी छनोट गर्दा पहिलो कुरा त कति वर्ष काम गरेको हो ?, यो क्षेत्रमा नयाँ कुरा के गरेको छ त ?, नयाँ के गर्दै छ ?, टिम कस्तो छ ?, सिस्टम कस्तो छ ?, सिस्टम नचलाई राम्रो नराम्रो छुट्याउन सकिदैन । त्यसो हुँदा चलाई रहेकालाई पनि सोध्नु पर्यो ।
डिजिटल साक्षरताको आवश्यकता
३१ हजार ३ सय सहकारीमा सीबीएस, मोबाईल बैंकिङ लगायतका सेवा प्रयोग गर्ने २० प्रतिशत पनि छैनन् । तर ठ्याक्कै डाटा पाउन निकै कठिन छ । जतिले प्रयोग गरेको छ त्यसको युजर पनि विस्तारै बढेको छ । सहकारीका सञ्चालक, सदस्यमा डिजिटल साक्षरता पुगेकै छैन । पहिलो कुरा त सञ्चालकहरुले नै बुझेका छैनन् । जब सञ्चालकहरुले बुझ्दछन् अनी मात्र सदस्यहरुलाई बुझाउन सक्छन् । मोबाईल बैंकिङ मात्रै डिजिटाइजेशन हैन । डिजिटाइजेशन भित्र धेरैकुराहरु पर्छ । यी कुराहरुमा सहकारी पुगेकै छैनन् । नुनदेखि सुनसम्मको सेवा भनेजस्तै हो डिजिटाइजेशन । यस भित्र धेरैकुराहरु समावेश हुन्छन् । सदस्यको जीवनचर्यामा आवश्यककुराहरु डिजिटल च्यानलबाट सेवा दिनु नै डिजिटाइजेशन हो । डिजिटल साक्षरता बढाउन पहिलो कुरा सर्भिस प्रोभाईडर, सरकारको भूमिका रहन्छ । कतिपयलाई सर्भिसको बारेमा थाहा पनि हुँदैन । यी सबै कुराहरुको बारेमा जानकारी दिनसक्नुपर्छ ।
अझै पनि हामी सहकारी पढाई रहेका छौं । अब सहकारीसँगै डिजिटाईजेशन पढाउनु पर्ने छ । अहिलेको जेनेरेशनलाई डिजिटाईजेशन पढाई राख्नु नपर्ने हुन सक्छ । अब डिजिटाईजेशन विनाको सहकारी परिकल्पना गर्न सकिन्न । डिजिटाईजेशन प्रयोग गर्ने सहकारी नहुन सक्छ । राष्ट्रिय सहकारी महासंघले पनि सन् २०३० सम्म सहकारीहरु पूर्ण रुपमा डिजिटाईजेशनमा जाने परिकल्पना गरेको छ । यो आवश्यक पनि छ ।
सहकारी अभियानबाट आशा
राष्ट्रिय सहकारी महासंघले नेपालमा पहिलो पटक डिजिटल कन्क्लेभ आयोजना ग¥यो । जुन काम निकै राम्रो हो । एउटा सहकारीबाट अर्को सहकारीमा रकम ट्रान्सफर गर्न मिल्दैन । टेक्निकलली हामी सक्षम छौं तर, कानुनी अधिकारी अहिलेसम्म छैन । यो सामान्य नै हो । तर नियामक निकायले यी कुरामा ध्यान दिनुप¥यो । यी कुराहरुमा सहकारी अभियानले दबाब दिनुप¥यो । सहकारी संघ आफ्नै सफ्टवेर बनाउन लागि गरेको छ । महासंघले कुनै कम्पनीसँग साझेदारी गरेको छ । पहिलो कुरा भएका कम्पनीसँग काम गर्ने की नयाँ कम्पनी खोल्दै हिड्ने ? ८, १० वर्ष काम गर्दा त सिस्टमममा प्रश्न चिन्ह खडा भएको छ । बैंक लेबलको सिस्टम राख्न सक्ने सहकारी कमै छन् । अभियानको विरोध भने पक्कै गरेको हैन । तर, हामी जस्ता कम्पनीहरुलाई पनि लिएर हिड्नु पर्छ भन्ने मेरो मान्यता हो । सहकारीमा एकताको कुरा गर्छौं तर एक्लै एक्लै हिड्ने बानी केही संघहरुमा देखिएको छ । चाहेको भए बैंकर्स संघहरुले पनि आफ्नै सफ्टवेयर सक्थ्यो होला तर किन बनाएन त ? यो अभियानले पनि बुझ्नु पर्छ । समय समयमा अपग्रेड गर्नुपर्ने हुन्छ । एक वर्षपछि आउने सर्भिस हामी २ वर्ष अधिदेखि नै तयारी गरिरहेका छौं ।
यस कारण एम बैंक
२०७३ मा एम बैंक सुरु गर्दै गर्दा बजारमा धेरै सफ्टवेरहरु थिए । त्यस समयमा कतिको डेक्सटप वेस, कसैको डाटाबेस एसक्वेल, कसैको एक्सेस, कसैको ओराकल थियो । जुन सुकै सफ्टवेयर भए पनि मोबाइल बैकिङ सेवा दिन सक्ने गरी हामी आयौं । जुन सुकै सफ्टवेर चलाएपनि त्यसलाई एउटा च्यानलमा ल्याउँछौं । त्यही च्यानलबाट सेवा दिन्छौं । सफ्वेर परिवर्तन त्यति सहज विषय हैन । त्यस समयमा हामी एउटा मात्रै कम्पनी थियौं । एउटै प्लेटफर्मबाट धेरै सेवा दिने हाम्रो प्रमुख उद्देश्य हो । नेपालमा पहिलोपटक सहकारीबाट बैंक रकम ट्रान्सफर हामीलेनै सुरु गरेका हौं । त्यो समय भनेको पहिलो लकडाउन थियो । दोस्रो लकडाउनमा रेमिठ्यान्स सहकारीकै खातामा भित्र्याउन सुरु गर्यौं ।
डिजिटलाईजेशनमा एम बैंक एउटा ब्राण्ड बनेको छ । मोबाईलमै च्याट बक्स सुरु गर्दैछौं । सहकारीले रेमिटेन्स सुरु गर्नको लागि कुनै शुल्क धरौटी राख्नु पर्दैन । लगभग ८० प्रतिशत रेमिटेन्स कम्पनी कभर गरिसकेका छौं । कनेक्ट आईपिएस, खल्ती, इसेवाबाट सिधै सहकारीको खातामा जम्मा गर्न सम्ने प्लेटर्फम बनाएका छौं । ओम्नी बैंकिङ अबको केही समयमै सुरु गर्दै छौं । यो भनेको मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङको एउटै प्लेटर्फम हो । एप्लिकेशनबाट एफडी रिन्यु, डकुमेन्टेशन, लोन एप्लाई लगायतका काम सुरु गर्दै छौं ।
हामीसँग ६ सय सहकारी जोडिएका छन् । ३३ कम्पनीसँग सफ्टवेयरमा मिलेर काम गरिरहेका छौं । अब हामी इआरपी डेभलपमेन्ट फेजमा छौं । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत जाने प्रयासमा छौं । विदेशका केही कम्पनीसँग बसेर छलफल गरिरहेका छौं ।
(कुराकानीमा आधारित)
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार