२२ कात्तिक २०८३, आईतवार

पोखरा रोयल सहकारी २३औं वर्ष प्रवेश, जगेडाकोष मुखी सहकारी निमार्ण गर्ने अभियान

२०८१ जेठ ८, मङ्गलबार
पोखरा रोयल सहकारी २३औं वर्ष प्रवेश, जगेडाकोष मुखी सहकारी निमार्ण गर्ने अभियान

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था स्थापनाको २३औं वर्षमा प्रवेश गरेको छ । ‘सुखी सदस्य, दिगो सहकारी’को परिकल्पना साथ सदस्य सेवामा समर्पित पोखरा रोयल साकोस २०५९ जेठ ८ बाट सञ्चालनमा आएको छ ।

काठमाडौँमा २०५५ सालमा स्थापना भएको रोयल सहकारी नै पोखरामा २०५९ जेठ ८ मा ‘पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था’को नाममा स्वायत्त भएको थियो। संस्थाले २३औं स्थापना दिवसको अवसरमा भिडियो सन्देश समेत प्रकाशित गरेको छ ।

संस्थाकी अध्यक्ष रुद्र कुमारी गुरुङ (मैना)ले भिडियो सन्देशमार्फत सम्पूर्ण सस्यहरुलाई स्थापना दिवसको शुभकामना व्यक्त गरेकी छिन् ।

भिडियो सन्देशमार्फत संस्था प्रमुख कार्यकारी अभिकृत भीम बहादुर गुरुङले वित्तीय सुरक्षा, सुशासनमा र समृद्धिमा संस्थाको ध्यान केन्द्रीत रहने बताए । त्यस्तै सदस्य सेवा, जगेडाकोष मुखी सहकारी निमार्ण गर्ने अभियानमा पोखरा रोयल रहेको बताएका छन् ।

२०८१ बैशाख मसान्तसम्म आईपुग्दा संस्थामा ९ हजार ३ सय १६ जना सदस्य आवद्ध भएका छन् । संस्थाको सेयर पुँजी १९ करोड ९६ लाख, जगेडा कोष १८ करोड ५२ लाख कुल बचत १ अर्ब ८६ करोड १४ लाख, कूल संस्थागत पुँजी १८ करोड ७० लाख, विभिन्न कोष १२ करोड ४५ लाख, लगानीमा रहेको ऋण १ अर्ब ६७ करोड १६ लाख, तरलता रकम ६९ करोड ११ लाख (३७.१३ प्रतिशत) रहेको छ । संस्थाको कुल सम्पत्ती २ अर्ब ४९ करोड ५१ लाख रहेको छ ।

अभिलेख

लोकप्रिय