२२ कात्तिक २०८३, आईतवार

कञ्चनपुरमा ‘सहकारीमा प्रविधि, अवसर र चुनौती’ विषयक अभिमुखीकरण कार्यक्रम

२०८१ जेठ ८, मङ्गलबार
कञ्चनपुरमा ‘सहकारीमा प्रविधि, अवसर र चुनौती’ विषयक अभिमुखीकरण कार्यक्रम

कञ्चनपुर : कञ्चनपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना तथा नियोसिस टेक्नोलोजी प्रा.लि.को प्राविधिक सहयोगमा ‘सहकारीमा प्रविधि, अवसर र चुनौती’ विषयक अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

बचत संघकी अध्यक्ष भवानी चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदुर पश्चिम प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का महासचिव घनश्याम अधिकारीको विशेष आतिथ्यता थियो ।

कार्यक्रममा रारा डिजिटल ल्याबका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे, नियोसिस टेक्नोलोजी प्रा.लि.का चिफ प्रडक्ट अफिसर कवी न्यौपाने र नियोसिस टेक्नोलाजी प्रा.लि. मनोज तिवारीले प्रस्तुतीकरण गरेका थिए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून), रारा ल्याब्स प्रा.लि.सँगको सहकार्यमा नियोसिस टेक्नोलोजीले मिरा सफ्टवेयरलाई विकास गरेको हो । क्लाउडमा आधारित मिरा ईआरपी सफ्टवेयरले सरकारीबाट हुने सबै किसिमका कारोबारलाई डिजिटल बनाउँदछ ।

कार्यक्रममा सहभागीहरुले मिरा सफ्टवेयर सहकारीहरुको सम्मुर्ण आवश्यकता पुरा गर्न सक्ने र प्रविधिसँग जोड्ने लेखा प्रणालीलाई व्यवस्थित गर्न सक्ने एक माध्यम रहेका धारणा राखेका थिए । कार्यक्रममा विभिन्न सहकारी संघ/संस्थाका ७० जनाको सहभागिता थियो ।

कार्यक्रममा नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन प्रविधिले व्यवस्थापकीय सहयोग गर्न सक्नेमा जोड दिदैं यसको महत्वबारे प्रकाश पारेका थिए । उनले सहकारी संस्थाहरु दर्ता हुने तर राम्रोसँग अनुगमन नहुँदा समस्या आएको भन्दै सुसञ्चालनका लागि पनि प्रविधिको अपरिहार्यतामा जोड दिए । साझेदारीमार्फत प्रविधिलाई सहकारी मैत्री कार्य गर्नेमा नेफ्स्कून लागि परेको महासचिव अधिकारीले जानकारी गराए ।

यसैबीच, महासचिव अधिकारीले नेफ्स्कूनमार्फत भैरहेका पछिल्ला बहसपैरवीबारे पनि सुदूरपश्चिमको सहकारी अभियानलाई अवगत गराएका थिए । उनले कर्जा सुचना केन्द्रमा सहकारीहरुलाई जोडने विषयसँगै अन्य समसामयिक विषयमा सहभागीहरुलाई जानकारी गराए ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य दिप्ती शाहीले मिरा सफटवेयर सम्पुर्ण संस्थाहरुको आवश्यकतालाई समेटेर तयार गरिएको भन्दै उक्त सफ्टवेयर सबै संस्थाहरुले प्रयोग गरी उच्च लाभ लिन आग्रह गरिन । उनले भनिन्, ‘सहकारीमा एकरुपता ल्याउन अभियानले सञ्चालन ल्याएको सफ्टवेयर प्रयोग गर्न म सबैलाई आग्रह गर्छु ।’ राज्यको सम्पुर्ण कानुनको पालनामा जोड दिदैं उहाँले भन्नुभयो, ‘ऐन कानुन, निमयावली बमोजिम संस्था संञ्चालन गर्नुपर्छ ।’

भिमदत्त नगरपालिका सहकारी संघका ईश्वरी प्रसाद खरेलले मिरा सफ्टयेयर सहकारीको वित्तीय अभिलेख राखी प्रविधिसँग जोड्ने माध्यम भएको बताए । कार्यक्रममा कञ्चनपुर बचत संघका सञ्चालक सदस्य भवानी चन्दले धन्यवाद ज्ञापन गरेकी थिईन भने कार्यक्रम सञ्चालन कञ्चनपुर जिल्ला बचत संघका सचिव मोहन चन्दले गरेका थिए।

 

अभिलेख

लोकप्रिय