२ सय सहकारीमा जोडियो ‘मिरा इआरपी’
काठमाडौं : नियोसिस टेक्नोलोजी प्रा.लि.द्वारा निर्मित ‘मिरा इआरपी’ (Myra ERP) चलाउने सहकारीको संख्या २ सय नाघेको छ । मिराले २ सय सहकारीलाई जोडेको अवसरमा ‘सेलिब्रेसन’ समेत गरेको छ ।
‘मिरा इआरपी’ सहकारीहरुको लागि निर्मित ISO 27001:2013 Certified प्राप्त SAAS प्लेटफर्म हो । सहकारीहरु बीच साझा डिजिटल प्लेटफर्म निर्माण गर्ने उद्देश्यका साथ तयार भएको मिरा इआरपी सफ्टवेयरलाई नियोसिस टेक्नोलोजीले न्यूनतम वार्षिक शुल्कमा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले नि:शुल्क रुपमा सफ्टवेयर जडान, माइग्रेसन, सपोर्ट, तालिम, क्लाउड डाटा ब्याकअप, मोबाइल बैंकिङ एप्लीकेसन, इ-बैंकिंङ, एसएमएस बैंकिङ बजार प्रतिनिधिहरुले प्रयोग गर्ने एप्लीकेसन आदि उपलब्ध गराई सहकारीहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेको छ ।

मिरा इआरपी निमार्ण कम्पनी नियोसिस टेक्नोलोजीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र प्रविधिहरुको क्षेत्रमा अब्बल कम्पनी रारा डिजिटल ल्याब्स प्रा.लि.को संयुक्त लगानी छ ।
मिरा इआरपी सफ्टवेयरको मुख्य विशेषताहरुमा सेवाको रुपमा सफटवेयर प्रयोग गर्न सकिने, सफ्टवेयर राख्न र प्रयोग गर्न छिटो हुने, सुरक्षा, गोपनीयता र तथ्यांक भण्डारमा सहज, साझा प्रविधि, सहकारीहरु एकअर्कासँग जोडिने, बैज्ञानिक मूल्य निर्धारण, कोपोमिसमा सहज तथ्यांक प्रविष्टि, प्रयोगकर्ताहरुलाई चलाउन सजिलो, टिटिआर र एएमएल रिपोर्ट, अंग्रेजी र नेपालीमा उपलब्ध, २४ सै घण्टा प्राविधिक सहयोग उपलब्ध हुने रहेको कम्पनीले जनाएको छ ।
यो सफ्टेवर प्रयोग गर्न अब सहकारीहरुले अन्य कुनै पनि हार्डवेयर, सुरक्षा, क्लाउड भण्डारण, ब्याकअप, फायरवाल, भिपिएन आवश्यक पर्दैन । कम्पनीले सफ्टवेयरको न्यूनतम १६ हजार रुपैयाँ कायम गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
