अन्तर्राष्ट्रिय सहकारी महासंघको क्षेत्रिय कार्यशालामा नेपालबाट तीन जनाको सहभागिता
काठमाडौं : भियतनामा हुने अन्तर्राष्ट्रिय सहकारी महासंघ क्षेत्रिय कार्यशालामा सहभागि हुने सहकारीकर्मीको टोलीलाई राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष ओमदेवी मल्लले एक कार्यक्रमबीच आइतबार बिदाई गरेकी छिन् ।
महासंघले सो कार्यशालामा नेपालबाट तीन जनाको प्रतिनिधित्व गराएको छ । आईसीए एसिया-प्यासिफिक कमिटी फर कन्ज्युमर को-अपरेसन र आईसीए एसिया-प्यासिफिक कमिटी ऑन ट्रेड एन्ड विजनेको सहकार्यमा साइगोन को-अपरेटिभ भियतनामले सो कार्यशालाको आयोजना गरेको हो । कार्यशाला २० देखि २४ मेसम्म हुचिनमिमा हुनेछ । सहकारी-सहकारीबीच सहकार्य भन्ने थिममा हुन लागेको कार्यशालामा ९ वटा देशका सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्देश्य विभिन्न देशहरूमा सहकारीहरू बीचको सहकार्यलाई अभिवृद्धि गर्ने, उनीहरूको सामूहिक प्रभावलाई बलियो बनाउन व्यापार र उपभोक्ता सञ्जालहरूलाई बढावा दिने रहेको महासंघका अध्यक्ष मल्लले बताईन । नेपालको तर्फबाट राष्ट्रिय सहकारी महासंघका संचालक परितोष पौडेल, महासंघका नायव महाप्रबन्धक सुरेश थापा तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङका अध्यक्ष प्रेमप्रकाश कोइराला सहभागि हुनेछन्।
अध्यक्ष मल्लले अन्तर्राष्ट्रियले नै विश्वकै सहकारी अभियानमा नेपाल सक्रिय रहेको स्वीकारेको बताउँदै नेपालमा सहकारी व्यवसायलाई अगाडि बढाउन आफ्नो अन्तरदृष्टि प्रयोग गरी कार्यशालामा नेपालको सहभागितालाई सार्थक बनाउन सहभागीहरूलाई आग्रह गरिन । भियतनामले सहकारीमार्फत आफ्नो अर्थतन्त्र, उद्योग तथा उत्पादनको क्षेत्रलाई अगाडि बढाएकोले नेपालको सहकारी अभियानलाई उत्पानदतर्फ केन्द्रीत गर्नका लागि समेत यो कार्यशाला फलदायी हुने विश्वास गरिएको छ ।
बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले नेपालको सहकारीले कसरी अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गरी आफ्नो व्यवसाय सञ्चालनलाई अभिवृद्धि गर्न सकिन्छ भन्ने बारे बहुमूल्य ज्ञान सङ्कलन गर्न प्रतिनिधिहरुलाई प्रोत्साहित गरे । बिदाई कार्यक्रममा महासंघका उपाध्यक्ष डिवि बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, महासंघका संचालक छत्र रिमालसमेत उपस्थित थियो । महासंघका निमिक्त महाप्रबन्धक बाबुल खनालले कार्यक्रम र यसको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।
यो कार्यशाला विश्वव्यापी रूपमा सहकारी व्यापार सञ्जाललाई सुदृढ पार्ने लक्ष्यका साथ सहकारीहरू बीच उत्कृष्ट अभ्यासहरू साझेदारी गर्ने एक महत्वपूर्ण प्लेटफर्म रहेको छ । कार्यशालामा नेपालले आफ्नो क्रन्ट्री प्रेपरसमेत प्रस्तुत गर्ने छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
