२२ कात्तिक २०८३, आईतवार

आईडियल सहकारीको कुल संस्थागत पुँजी ११ करोड १४ लाख

२०८१ जेठ १, मङ्गलबार
आईडियल सहकारीको कुल संस्थागत पुँजी ११ करोड १४ लाख

सप्तरी : राजविराज-०४ सप्तरी स्थित आईडियल सहकारी संस्थाले चालु आर्थिक वर्ष २०८०/०८१ को बैशाख मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले हरेक महिना सदस्य र सारोकारवाला निकायको जानकारीको लागि वित्तीय विवरण प्रकाशित गर्दै आएको छ ।

विवरण अनुसार संस्थाको सेयर पुँजी १२ करोड ८ लाख ११ हजार ९ सय रुपैयाँ, जगेडा कोष १० करोड ६४ लाख ९९ हजार ४ सय १६ रुपैयाँ, विभिन्न कोषहरु ५ करोड २१ लाख ११ हजार २ सय ३४ रुपैयाँ र कुल संस्थागत पुँजी ११ करोड १४ लाख ६० हजार १९ रुपैयाँ रहेको छ ।

त्यस्तै कुल बचत रकम ९३ करोड ४२ लाख ६३ हजार ६ सय २४ रुपैयाँ, लगानी ७८ करोड ३४ लाख ९४ लाख ९ सय ७१, तरलता ३३ करोड ८८ लाख ९३ हजार (३६.२७ प्रतिशत) रहेको छ । संस्थाको कुल सम्पत्ती १ अर्ब ३१ करोढ २६ लाख ४४ हजार ३ सय ३८ रुपैयाँ पुगेको छ ।

संस्थामा १५ हजार ९ सय ५ जना सदस्य आवद्ध छन् भने १२ सय ६५ जनाले कर्जा लिएका छन् ।

अभिलेख

लोकप्रिय