एकीकृत फ्रेन्डसिप साकोसको कुल सम्पत्ती १ अर्ब ३८ करोड, तरलता १५.०२ प्रतिशत
जिरी (दोलखा) : जिरी स्थित एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरेको विवरण अनुसार यस आर्थिक वर्षकोे बैशाख मसान्तसम्म शेयर पुँजी ११ करोड ६९ लाख ७० हजार पुगेको छ ।
त्यसैगरी संस्थाको जगेडाकोष ६ करोड ५२ लाख ८३ हजार, अन्य कोषहरु २ करोड ६२ लाख र बचत संकलन १ अर्ब १२ करोड ६६ लाख,४४ हजार पुगेको छ । त्यस अबधिमा संस्थामा १५.०२ प्रतिशत अर्थात १६ करोड ९१ लाख ९० हजार तरलता रकम छ । १ अर्ब ७ करोड ६४ लाख ६९ हजार ऋण लगानी गरेको संस्थाको कुल सम्पत्ती १ अर्ब ३८ करोड ९३ लाख ६६ हजार पुगेको छ ।
संस्थामा ७ हजार ८७६ पुरुष र ७ हजार ८०५ जना महिला गरी १५ हजार ७९५ जना सदस्य रहेका छन् । कुल सदस्य मध्ये २ हजार ४३५ जना सदस्यले संस्थाबाट ऋण लिएका छन् । कुल सदस्यको तुलनामा ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्ने सदस्यहरुको संख्या १५.७ प्रतिशत रहेको छ ।
कुल सदस्यमा २५ प्रतिशत माथी सदस्यले संस्थाबाट ऋण उपभोग गरे भने उक्त संस्था राम्रो मान्न सकिन्छ । संस्थाले सदस्यहरुमा उद्यमशीलता र व्यवसाय गर्नका लागि सीप तथा पुँजी प्रदान गरी क्रमश ऋणको माग बढाउदै लैजानु पर्ने देखिन्छ । संस्थामा ४ हजार ३१३ बाल बचतकर्ता रहेका छन् ।
उनीहरुमा स-सानो रकम बचत गर्ने बानीको विकास संस्थाले गर्दै आएको छ भने सहकारीप्रति युवाहरुको आकर्षण बढाउन विद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसका साथै संस्थाले युवा पुस्तालाई लक्षित गर्दै विभिन्न डिजिटल वालेटहरु समेत सञ्चालनमा ल्याएको छ । यसले युवाहरुलाई सहारीमा आकर्षित गर्न थप टेवा पुगेको संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
