२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कूनको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय साकोस जोखिम विश्लेषण कार्यशाला

२०८१ वैशाख ३१, सोमबार
नेफ्स्कूनको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय साकोस जोखिम विश्लेषण कार्यशाला

बुटवल : सहकारी विभागसँगको साझेदारी एवम् नेफ्स्कूनको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय साकोस जोखिम विश्लेषण कार्यशाला बुटवलमा सम्पन्न भएको छ ।

कार्यशालाको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले गरेका थिए । उक्त अवसरमा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी सचिव उमेश ढुङ्गान, प्रदेश रजिष्ट्रार यमबहादुर कुँवर, लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपाल, जिल्ला बचत संघका अध्यक्ष वसन्त ढकाल लगायतको सहभागिता थियाे ।

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तव्य  राखेका थिए। नेफ्स्कून संचालक ज्ञानु पौड्यालले सञ्चालन गरेकी उद्घाटन सत्रमा संघका सञ्चालक गोपाल प्रसाद गौतम समेत सहभागी थिए ।

कार्यशालामा १० जिल्लाका ३५ साकोसका ७० जना प्रतिनिधिहरुको सहभागिता थियाे । सहकारी विभागसँगको साझेदारीमा सातै प्रदेशमा आयोजना हुने साकोस जोखिम विश्लेषण कार्यशाला यस अघि बागमती प्रदेशमा सम्पन्न भैसकेको छ।

साकोसहरुमा हुने विभिन्न खालका जोखिमहरुबारे जानकारी उपलब्ध गराउने, पूर्व सावधानी अपनाउने, समयमै तिनको पहिचान गर्ने र समाधान गर्ने टुल्स र टेक्निक उपलब्ध गराउने उद्देश्यले नेफ्स्कूले सातै प्रदेशमा कार्यशाला आयोजना गर्न लागेको नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए ।

अभिलेख

लोकप्रिय