वडा अध्यक्षहरुसँग विकू बचतको अन्तरक्रिया, सामाजिक कार्यको प्रशंसा
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले सघनरुपमा सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेका नगरपालिका रगाँउपालिकाका वडा अध्यक्षहरुसँग अन्तरक्रिया गरेको छ ।
संस्थाले पहिलो चरणमागरेको कार्यक्रममा गैंगाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नपालिका, हुप्सेकोट गाँउपालिका र विनयीत्रिवेणी गाँउपालीकाका वडा अध्यक्षहरुको उपस्थिती थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा भएको थियो भने संस्थाका उपाध्यक्ष कालिदाश गौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाको जानकारी र स्थानीय तह वडा कार्यालयसँग सहकार्य गर्न सकिने संभाव्य क्षेत्र र कार्यक्रमहरुको बारेमासंस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी गराएका थिए ।
विकू र वडाको बीतमा हुन र गर्न सकिने सहकार्यको बारेमा वडा अध्यक्षहरुले आ–आफ्नो विचार राखेका थिए । संस्थाले अहिलेसम्मगरिरहेका सामाजिक रुपान्तरणका कार्यहरुको उच्च प्रशंसा गर्दै आगामी दिनमा सहकार्यको लागि प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा उठेका जिज्ञासा र आगामी योजनाको बारेमा अध्यक्ष सापकोटाले सम्वोधन गरेका थिए । कार्यक्रममा सञ्चालकसमितिका पदाधीकारीहरु र उच्च व्यवस्थापनको उपस्थिती थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
