२२ भदौ २०८३, सोमबार

१७ वर्षमा नेचुरल सहकारी, सदस्यको विश्वास र भरोसालाई डगमगाउन नदिने प्रतिवद्धता

२०८१ वैशाख २४, सोमबार
१७ वर्षमा नेचुरल सहकारी, सदस्यको विश्वास र भरोसालाई डगमगाउन नदिने प्रतिवद्धता

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड १६ औं वर्ष पूरा गरी आज (बैशाख २४ गते)बाट १७औं वर्षमा प्रवेश गरेको छ । एक औपचारिक कार्यक्रमको बीच संस्थाले आफ्नो संस्थाले १७औं स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष काशीराम गौतम, अध्यक्ष शर्मिला अमात्य, सचिव विकल्प पाठक लगायत सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सदस्य र कर्मचारीहरुको उपस्थितीमा स्थापना दिवस मनाएको हो । स्थापना दिवसकै अवसरमा कर्पोरेट कार्यालय टुसालमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ९३ जनाले रक्तदान गरेका थिए ।

संस्थाको १७औं स्थापना दिवसको अवसरमा संस्थामा आवद्ध सम्पूर्ण संस्थापक, अग्रज नेतृत्व, सञ्चालक, सदस्य र सम्पूर्ण शुभचिन्तकहरुमा संस्थाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

‘संस्थामा आवद्ध सदस्यहरुको विश्वासले आजको विषम परिस्थितीमा पनि सवल वित्तीय अवस्था र गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको छ’, संस्थाद्वारा जारी आभार एवं प्रतिवद्धतामा भनेको छ, ‘सहकारीहरुको भीडमा नेचुरल सहकारीले बेग्लै पहिचान बनाउन सफल जुन तपाईं सदस्यहरुकै कारण सफल भएको हो । वर्तमान अवस्थामा पनि सदस्यता वृद्धि, बचत वृद्धि, निरन्तर सदस्य शिक्षा तथा विस्तारित मञ्चहरु सञ्चालन र सदस्यहरुका धेरै सफलताहरु निर्माण गर्दै अगाडि बढ्नुले संस्थाको सक्रियता र सदस्य केन्द्रीयतालाई पुष्टी गर्दछ । स्वनियमन एवं सुशासन युक्त, समुदायमा आधारित, सदस्य केन्द्रित मुलुककै उत्कृष्ट एवं अग्रणी सहकारीको रुपमा स्थापित गर्ने लक्ष्यलाई आत्मसाथ गर्दै वित्तीय कारोबार सँगै प्रविधि मैत्री सेवा तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु संस्थाले गर्दै आएको छ । सहकारीको मूल्य र सिद्धान्त एवं सहकारी ऐन, नियमावली तथा मापदण्ड र निर्देशनहरुको परिपालना हामी सदैव प्रतिवद्ध छौं ।’

स्थापना दिवसको अवसरमा आयोजित संक्षिप्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संस्थापक अध्यक्ष गौतमले कर्मचारीहरुको अथक मिहेनतकै कारण नेचुरल आज यो अवस्थामा आईपुगेको बताए । थप उच्च मनोबलका साथ काम गर्न समेत कर्मचारीहरुलाई उनले आग्रह गरे । कर्मचारीहरुको मिहेनतको उचिव सेवा सुविधा प्राप्त गर्नुपर्ने समेत उनले बताए ।

त्यस्तै संस्थाका अध्यक्ष शर्मिला अमात्यले सदस्यहरुले संस्था प्रति दर्साउनु भएको माया, उर्जाशिल कर्मचारी र उत्कृष्ट व्यवस्थापनका कारण नेचुरल सहकारीले छुट्टै पहिचान बनाउन सफल भएको बताईन ।

संस्थाका सचिव विकल्प पाठकले सदस्यहरुको बचत र लगानीको सुरक्षाको ग्यारेन्टी गर्दै संस्थाप्रति दर्शाउनु भएको विश्वास र भरोसालाई डगमगाउन नदिने बताए । विश्वसनिय वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

May be an image of text

अभिलेख

लोकप्रिय