कृषि उत्पादनको बजारीकरण र उत्पादकत्व वृद्धि बारे कृषि केन्द्रीय संघ र गोल्यान ग्रुपबीच छलफल
काठमाडौं : कृषि उत्पादनको बजारीकरण र उत्पादकत्व वृद्धि बारे नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल भएको छ ।
नेपालमा कृषिजन्य उत्पादनका लागि सम्भावना रहँदा रहँदै पनि विभिन्न कारणले नेपालको उत्पादनलाई बजारसँग जोड्न नसकेको विषयमा समेत दुई अध्यक्षबीच छलफल भएको थियो ।
छलफलका क्रममा संघका अध्यक्ष पाठकले साना किसान कृषि सहकारी र सदस्यहरुले गरेको कृषि जन्य उत्पादनका बारेमा जानकारी गराएका थिए । उनले उत्पादनको उचित बजार व्यवस्थापन हुन नसक्दा धेरै कुरा आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसका लागि कर्पोरेट क्षेत्रबाट सहयोग गर्न अनुरोध गरेका थिए । किसानहरुलाई उत्पादन र उत्पादकत्व बढाउँदै बजारसँग जोड्न सके आयआर्जन बढाउन सकिने पाठकले बताए ।
छलफलमा अध्यक्ष पाठकले हाल साना किसान कृषि सहकारी संस्था लि र संस्थाका सेयर सदस्यहरुले गरेका विभिन्न उद्यम तथा क्रियाकलापका विषयका जानकारी गराउदैं आउने दिनमा कप्रोरेट क्षेत्रसँग मिलेर जान सके समग्रमा कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि भई समग्र अर्थतन्त्रमा नै रुपान्तरण गर्न सकिने बताए ।
साथै गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले आफुले वर्तमान अवस्थामा गरेका कृषि व्यवसायको जानकारी गराएका थिए । नेपालको आर्थिक विकास कृषि क्रान्तिबाटै सम्भव रहेको र उक्त क्रान्तिमा साना किसानहरुलाई लिएर अगाडी बढ्न गोल्यान ग्रुप सकारात्मक रहेको बताए।
विशेष गरि कृषि क्षेत्रमा तथा पशुपालको क्षेत्रमा सानाा किसानलाई चाहिने सहयोग तथा आफ्ना विज्ञ मार्फत परामर्श दिन तयार रहको जानकारी गराएका थिए । छलफलमा अध्यक्ष गोल्यानले साना किसानहरुको उत्पादनलाई थप बजारीकरण र ब्रान्डीङ गर्न आफ्नो तहबाट सहयोग गर्ने जानकारी गराए ।
बैठकमा गोल्यन ग्रुप र केन्द्रीय संघका कर्मचारीहरुको पनि सहभागिता थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
