२१ भदौ २०८३, आईतवार

संजय महासेठको एकल स्वामित्वमा ‘एम बैंक’, थप नविनतम् सेवा ल्याउने प्रतिवद्धता

२०८१ वैशाख १६, आईतवार
संजय महासेठको एकल स्वामित्वमा ‘एम बैंक’, थप नविनतम् सेवा ल्याउने प्रतिवद्धता

काठमाडौं : सहकारी र बैंकलाई मोबाइल बैकिङसँग जोड्ने एम बैंक अब एकल स्वामित्वमा अगाडी बढेको छ । साझेदारीमा सञ्चालन भईरहेको एम बैंक अब कम्पनीका संस्थापक सदस्य संजय महासेठको एकल स्वामित्वमा अगाडी बढ्ने भएको हो । सञ्चालनको नवौं वर्षमा पुग्न लागेको र पछिल्लो समय बजारको अपेक्षा पनि बढेकाले एम बैंकलाई नयाँ ढंगले अगाडी बढाउन खोजिएको संस्थाका सञ्चालक तथा प्रबन्ध निर्देशक संजय महासेठले बताए ।

बजारको अपेक्षालाई पुरा गर्न संस्थालाई पनि नयाँ ढंगले अगाडी बढाउनुपर्ने भएकाले यसको सञ्चालन तथा व्यवस्थापनमा पनि परिवर्तन गरिएको महासेठले जानकारी दिए । समयको मागलाई सम्बोधन गर्नकै लागि एम बैंकको पूर्ण स्वामित्व लिएको बताउँदै महासेठले आगामी दिनमा व्यवस्थापनलाई पनि थप चुस्त र दुरुस्त बनाईने बताए । स्वामित्वमा मात्रै नभई एम बैंकले दिँदै आएको सेवा सुविधामा नयाँ नयाँ फिचर पनि थपिएको महासेठले बताए ।

‘समयको मागलाई हेरेर नै हामीले यो चुनौतीपुर्ण निर्णय गरेका हौं, एम बैंकलाई थप प्रतिस्पर्धी बनाउनकै लागि पूर्ण स्वामित्व लिएर नयाँ सेवासहित आउन लागेको हो । नयाँ वर्षमा हाम्रा सदस्य सहकारीहरुले मोबाइल बैकिङको साथै नयाँ सेवा र फिचर पनि पाउनुहुनेछ’, महासेठले भने, ‘बैकिङ क्षेत्र तुलनात्मक रुपमा पूर्ण रुपमा डिजिटाईजेसनमा गएको समयमा अर्थतन्त्रकै एउटा खम्बा मानिएको सहकारी पनि डिजिटल मैत्री हुनुको विकल्प छैन । हामी त्यो ‘ग्याप’ पुरा गर्ने गरि काम गर्छौं ।’
अहिलेसम्म आफ्ना सदस्य सहकारीलाई मोबाइल बैकिङसँग जोड्ने मात्र काम भएकाले यसलाई थप विस्तार गर्दै नयाँ नयाँ सेवा सुविधा पनि थपेर अगाडी बढिने उनले बताए । ईआरपी, भिडियो केवाईसी, लोन म्यानेजमेन्ट सिस्टम जस्ता नयाँ नयाँ सुविधा थपेर एम बैंकलाई नयाँ ढंगले अगाडी लगिने महासेठले बताए ।

कम्पनीसँग जोडिएका सबै सहकारीलाई नयाँ डिजिटल वित्तीय सेवा–सुविधाहरु मोबाइल मार्फत उपलब्ध गराएको र आगामी दिनमा धेरै भन्दा धेरै बैंक तथा सहकारीलाई प्रविधिमैत्री बनाउने लक्ष्य रहेको महासेठले बताए ।

उनका अनुसार अहिले नेपालमा डिजिटल साक्षरता बिस्तारै बढ्दै गरेको र आफ्नो एम बैक प्लेटफर्मलाई निरन्तर अपडेट गरि सोही प्लेटफर्म मार्फत अत्याधुनिक सेवा सुबिधाहरु सुपथ मूल्यमा दिने उनको प्रतिबद्दता रहेको बताए ।

एम बैंक एप अब नयाँ भर्जनसहित अत्याधुनिक सेवा सुबिधा समेत लिएर आएको उनले बताए । एम बैंक एपमा अब मल्टिपल रेमिटेन्स् सेवा, कस्टमर हेल्प, इ–कमर्स साथै अरु थुप्रै सेवा नयाँ भर्जनमा समेटीएको महासेठले बताए ।

आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टिभी, रिचार्ज गर्ने, त्यस्तै ईसेवा, खल्ती, सजिलो पे, प्रभु पे, आइएमई पे, माई पे जस्ता डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटल बुक गर्न, क्यु आर भुक्तानी गर्ने, भिभिन्न सरकरी सेवाको पेमेन्ट गर्ने लगायतका सेवाहरु बिगत लामो समयबाट एम बैंकले दिँदै आएको छ ।

काठमाडांैको बानेश्वरमा एउटा कोठा राखेर एसएमएस बैंकको सेवा दिएर सञ्चालनमा आएको एम बैंक अहिले ६०० बढी सहकारी र सहकारीका लाखौं सदस्यहरुलाई मोबाइल बैंकिङको सेवा दिएर देशैभर पुग्ने कम्पनी समेत बन्न सफल भएको छ ।

अभिलेख

लोकप्रिय