२१ भदौ २०८३, आईतवार

तत्काल आवश्यक कानुनी व्यवस्था गरी सहकारी समस्या समाधान गरिने

२०८१ वैशाख १३, बिहिबार
तत्काल आवश्यक कानुनी व्यवस्था गरी सहकारी समस्या समाधान गरिने

काठमाडौं : सरकारले तत्काल आवश्यक कानुनी व्यवस्था गरी सहकारी समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा सहकारी समस्याबारे गम्भीर छलफलसहित तत्काल कानुनी प्रबन्ध गरेर समस्या समाधान गर्ने विषयमा एकमत भएको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सहकारी समस्याबारे मन्त्रिपरिषद्मा गम्भीर रूपमा छलफल भएको बताउँदै यस सम्बन्धमा तत्काल कानुन व्यवस्था गरी बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय भएको जानकारी दिइन ।

सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्षसहित सहकारी पीडितको समस्या सम्बोधन गर्न फास्ट ट्रयाकबाट कानुन बनाउने निर्णय गरेको हो । फास्ट ट्रयाकबाट कानुन बनाउने र आवश्यक पर्‍यो भने छुट्टै संरचना पनि बनाएर सहकारीको समस्या सम्बोधन गर्नुपर्छ भनेर छलफल भएको जानकारी मन्त्री शर्माले दिइन।

उनले भनिन, ‘सम्बन्धित मन्त्रालयबाट वर्कआउट गरेर अगाडि बढाउँछौं ।’

राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य डा. जयकान्त राउत नेतृत्वको सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले २०८० भदौमा बुझाएको प्रतिवेदनमै सहकारी समस्या समाधानका लागि नीतिगत र कानुनी सुधार गर्न सुझाएको थियो ।

अभिलेख

लोकप्रिय