नवकान्तिपुरको संस्थागत पुँजी ७.१७%, सदस्यको प्रशस्त विश्वास आर्जन गर्दा तरलता थुप्रियो

काठमाडौं : नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
प्रकाशित विवरण अनुसार संस्थाको कुल सम्पत्ती २ अर्ब ९७ करोड ९ लाख २ हजार ६४६ रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाको संस्थागत पुँजी २० करोड १ लाख ८५ हजार २२५ रुपैयाँ (७.१७ प्रतिशत) पुगेको छ ।
सहकारी संस्था बलियोपनको आधार संस्थागत पुँजीले हुने हो । ७.१७ प्रतिशत संस्थागत पुँजी हुनु भनेको निकै राम्रो मानिन्छ ।
विवरण अनुसार संस्थाको सेयर पुँजी ९ करोड ३४ लाख ७ हजार ३ सय रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा १९ करोड ९८ लाख ९२ हजार २२५ रुपैयाँ, विभिन्न कोषहरुमा ३६ लाख ७४ हजार ८८८ रुपैयाँ, कुल बचत २ अर्ब ३४ करोड ७२ लाख ८४ हजार ९५४ र लगानी १ अर्ब ३७ करोड ९३ लाख ७ हजार ६३९ रुपैयाँ रहेको छ ।
संस्थासँग यस अवधिमा १ अर्ब ७ करोड ६ लाख ४ हजार ६६६ अर्थात् ४५.६१ प्रतिशत तरलता रहेको छ । सदस्यको प्रशस्त विश्वास आर्जन गर्दा संस्थामा तरलता अधिक रहेको छ ।
संस्थामा १० हजार २ सय ४५ जना सदस्य आवद्ध छन् भने १ हजार १ सय ४८ हजारले कर्जा लिएका छन् ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts


एकीकृत फ्रेण्डसिप साकोसको ३३औं स्थापना दिवस समारोह सम्पन्न
२ चैत्र २०८१, आईतवार
राष्ट्रिय सहकारी बैंकको दमक शाखा स्थानान्तरण
२ चैत्र २०८१, आईतवार