२७ वर्षमा रोयल बहुउद्देश्यीय सहकारी, २५ हजार पुँजीबाट १.७५ अर्ब

काठमाडौं : बसुन्धरामा केन्द्रीय कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको २७ वर्षमा प्रवेश गरेको छ । संस्थाले आज एक कार्यक्रमको बीच आफ्नो २७औं स्थापना दिवस मनाएको छ ।
संस्थाका सदस्य, सञ्चालक समिति, कर्मचारीहरु लगायतको उपस्थितीमा स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संस्थाले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।
स्थापना दिवस कार्यक्रममा संस्थाका अध्यक्ष भानुभक्त ढकालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरत राज ढकाल, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ फाउन्डेसनको समेत सहभागिता थियो ।
२७ औं वर्षको सप्तरंगी २७ वटा वेलुन उडाई संस्थाका अध्यक्ष भानुभक्त ढकाल तथा संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सीताराम काफ्लेले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
समाजमा आर्थिक तथा सामाजिक रुपबाट पछि परेका समुदायका सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक स्तरमा वृद्धि गराई देशको विकासको अभियानमा नयाँ ईट उद्देश्यले सहकारी ऐन बमोजिम रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०५५ साल बैशाख ९ गते स्थापना भएको थियो ।
२५ जना युवा मिलि २५ हजार पुँजीबाट सुरु भएको रोयल २७औं वर्षमा प्रवेश गर्दा १.११ अर्ब निक्षेप संकलन, १.०६ अर्ब कर्जा प्रवाह गर्न सफल भएको छ । संस्थामा हाल करिब १० हजार सदस्यहरु आवद्ध छन् । संस्थाले करिब १.७५ अर्बको कारोबार गर्न सफल भएको छ ।
स्थापना कालमा अनामनगर, काठमाडौंमा ४ वटा कोठा भाडामा लिई सञ्चालन गरेको संस्थाले हाल का.म.न.पा-०३, बसुन्धरा, काठमाडौंमा करिव एक रोपनी क्षेत्रफल भएको जग्गामा अत्याधुनिक भवन निर्माण गरी सोही भवन बाट सेवा सञ्चालन गरिरहेको छ । हाल संस्थाको ५ वटा सेवा केन्द्र कार्यालयहरु मध्ये फर्पिङ सदस्य सेवा केन्द्र र टोखा सदस्य सेवा केन्द्रले पनि आफ्नै अत्याधुनिक भवनबाट सेवा प्रवाह गरिरहेको छ । त्यस्तै बाँकी ३ वटा सेवा केन्द्रको लागि जग्गा खरिद गरी भवन निमार्ण गर्ने योजना रहेको संस्थाले जनाएको छ ।
संस्थाको उद्देश्य अनुरुप अगाडि बढ्न वैकल्पिक व्यवसाय अन्तर्गत काठमाडौं लगायत काठमाडौसंग जोडीएका जिल्लामा बहुउद्देश्यीय कृषि परियोजना संचालन गर्ने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अध्यक्ष काफ्लेले जानकारी दिए । देशभरका कृषि सहकारी तथा कृषक समूहमार्फत उत्पादन भएका कृषि उपजहरुको बजार व्यवस्थापन तथा वितरण सम्बन्धी कार्यका लागि गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा भन्ने मुल नाराका साथ काठमाडौंमा निकट भविष्यमा मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा रोयल कृषि मार्ट संचालन गर्ने योजना रहेको उनले बताए ।
संस्थाले सामाजिक तथा आर्थिक रुपले पिछडिएका गरीब एवं विपन्न वर्गका समुदायहरुलाई कृषि तथा आयमुलक व्यापार व्यवसाय गरी स्वरोजगार सृजना गर्न सरल तरिकाले वित्तिय सेवा तथा सुविधाहरु उपलब्ध गराई आत्मनिर्भर, स्वाभिमानि र सम्मानित जीवन बाँच्न सहयोग पुरÞ्याउने उद्देश्यले लघुवित्त कार्यक्रमलाई थप प्राथमिकतमा राखी लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
संस्थाले सदस्यहरुलाई बचत, कर्जा, वीमा, लघुवित्त, रेमिट्यान्स, तालिम तथा वित्तिय परामर्श प्रदान गरिरहेको छ ।
संस्थाले समाजमा रहेका ‘हुँदा खानेदेखि हुने खानेसम्म’ बच्चादेखि बृद्धासम्म, धनिदेखि गरिब सम्मका सदस्यहरुलाई विभिन्न किसिमका वस्तु तथा सेवाहरु प्रदान गर्ने सहकारीको रुपमा विकास गर्न सफल भएको छ । यस संस्थाले हालको योजनामा कृषक मुखी एवम् उपभोक्तामुखी सहकारी मोडल निर्माण गर्न आफ्नो कार्यक्रमहरु अगाडी बढाइरहेको संस्थाका अध्यक्ष ढकालले बताए । संस्थाले भविष्यमा आफ्नो सेवा, सुविधालाई समयसापेक्ष अझै परिस्कृत तथा परिमार्जित गर्दै लैजाने प्रतिबद्धता समेत अध्यक्ष ढकालले व्यक्त गरे ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार