५ चैत २०८१, मङ्गलबार

पोखरा रोयलका सदस्यलाई पद्यश्री हस्पिटलमा विशेष छुट हुने

२०८१ वैशाख ६, बिहिबार
पोखरा रोयलका सदस्यलाई पद्यश्री हस्पिटलमा विशेष छुट हुने

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई स्वास्थ्य परिक्षण तथा उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यका साथ पद्यश्री हस्पिटल एण्ड एलाइड साइन्सेस् प्रा.लि.सँग सम्झौता गरेको छ । संस्थाका उपाध्यक्ष चन्द्र प्रसाद गुरुङ्ग र पद्यश्री हस्पिटलका अध्यक्ष प्रा. डा. नरेन्द्र गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

पोखरा रोयल सहकारी विगत २२ वर्षदेखि पोखरा १० बुद्धचोकामा र पद्यश्री हस्पिटल एण्ड एलाइड साइन्सेस् विगत १८ महिनादेखि पोखरा ९ न्यूरोडमा सेवारत रहेका संस्थाहरु हुन् । सम्झौता बमोजिम अस्पतालको सेवा लिए वापत अस्पताल बेड चार्जमा १५ प्रतिशत, अस्पताल प्रयोगशाला प्रयोग १२ प्रतिशत, डायग्नोष्टिक सेवा १० प्रतिशत र सर्जिकल प्रोसिडियर चार्जमा १० प्रतिशत पोखरा रोयल सहकारीका सदस्यहरुले छुट पाउनेछन् ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्द्र प्रसाद गुरुङले आफ्ना सदस्यहरुको स्वास्थ्य, सुरक्षा, सहजता र सुविधालाई सधैँ पहिलो प्राथमिकतामा राखी कार्य गर्ने तथा निरन्तर एक पछि अर्को गर्दै सदस्य हितका लागी नविनतम कामको थालनी गर्दै जाने बताए।

अस्पतालका अध्यक्ष प्रा. डा. नरेन्द्र गुरुङले पोखरा रोयल सहकारी संस्थासँगको सहकार्य फलदायी र दिगो हुने विश्वास लिदै सहकारी संस्थाको परिचय खुल्ने कुनै एक आधार लिएर आउने हरेक सदस्यलाई सम्झौतामा उल्लेख भए बमोजिम छुट दिने जानकारी दिए।

अभिलेख

लोकप्रिय