५ चैत २०८१, मङ्गलबार

ग्रामीण वाल्मिकी साकोसको संस्थागत पुँजी ७.७२ प्रतिशत

२०८१ वैशाख ३, सोमबार
ग्रामीण वाल्मिकी साकोसको संस्थागत पुँजी ७.७२ प्रतिशत

नवलपरासी : बर्दघाट-७, नवलपरासीमा केन्द्रीय कार्यालय रहेको ग्रामीण वाल्मिकी बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार संस्थामा १२ हजार ३ सय २४ सदस्य आवद्ध भएका छन् । संस्थाको सेयर पुँजी १० करोड ४३ लाख ८३ हजार ४ सय पुगेको छ । त्यस्तै संस्थाको जगेडा कोषमा ९ करोड ९ लाख २ हजार ४ सय ६४ रुपैयाँ र विभिन्न कोषहरुमा २४ लाख ८१ हजार ८ सय ८२ रुपैयाँ रहेको छ ।

कुल बचत ९६ करोड ४२ लाख २७ हजार ७ सय ९४ रुपैयाँ रहेको छ भने लगानी ८६ करोड ३५ लाख ५८ हजार २९ रुपैयाँ रहेको छ । संस्थाको कुल सम्पत्ति १ अर्ब १९ करोड १८ लाख २२ हजार ७ सय १६ रुपैयाँ रहेको छ ।

त्यस्तै कुल संस्थागत पुँजी ९ करोड २० लाख ७५ हजार ३ सय १६ रुपैयाँ (७.७२ प्रतिशत) रहेको संस्थाका व्यवस्थापक अनन्त पाण्डेले जानकारी दिए ।

संस्थासँग लगानी योग्य रकम (तरलता) २७ करोड १९ लाख २३ हजार ४ सय ६६ अर्थात् २८.२० प्रतिशत रहेको छ ।

अभिलेख

लोकप्रिय