विकू बचतको सदस्य एक लाख २० हजार नाघ्यो, कुल वासलात १० अर्ब २५ करोड
गैंडाकोट (नवरपुर) : मुलुककै उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाएको विकू बचत तथा ऋण सहकारी संस्थामा १ लाख २० हजार ३ सय ८३ सदस्य आवद्ध भएका छन् ।
संस्थाले प्रकाशित गरेको चालु आवको चैत्र महिनाको परिस्कृत वित्तीय विवरण अनुसार शेयर पुँजी ८९ करोड ७४ लाख ३४ हजार, साधारण जगेडा कोष ६२ करोड ६२ लाख ८९ हजार, विभिन्न कोषहरु १० करोड ४७ लाख १६ हजार र कुल संस्थागत पुँजी ७२ करोड ६३ लाख रहेको छ ।
त्यसैगरी संस्थामा बचत संकलन ८ अर्ब २५ करोड ६३ लाख २६ हजार, ६ अर्ब ७६ करोड ३६ लाख ५५ हजार ऋण लगानी र तरलता रकम ३६.०४ प्रतिशत अर्थात २ अर्ब ९७ करोड ५४ लाख ५६ हजार रहेको छ । संस्थाको यस अवधिमा कुल सम्पत्ति १० अर्ब २५ करोड ७ लाख ५१ हजार पुगेको छ ।
संस्थाले सहकारी विभागको निर्देशन अनुसार हरेक महिनाको पहिलो साता वित्तीय विवरण प्रकाशित गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
