यस्तो छ आईडियल सहकारीको वित्तीय अवस्था
२०८१ वैशाख ३, सोमबार
सप्तरी : राजविराज स्थित आईडियल सहकारी संस्थाले चैत्र महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेका विवरण अनुसार चैत्र मसान्त सम्म संस्थामा ३५ दशमलव ७७ प्रतिशत तरलता रहेको छ ।
चैत्र मसान्त सम्म १५ हजार ७ सय ६८ जना शेयर सदस्य आवद्ध भएको संस्थाको शेयर पुँजी १२ करोड ७ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यसैगरी बचत संकलन ९४ करोड ९० लाख ६ हजार रुपैयाँ र ऋण लगानी ७९ करोड १७ लाख ७ हजार रुपैयाँ रहेको संस्थाले जनाएको छ ।
यस्तै साधारण जगेडा कोषमा १० करोड ६४ लाख ९९ हजार रुपैयाँ, विभिन्न कोषहरुमा ५ करोड २१ लाख ११ हजार रुपैयाँ र तरलता रकम ३३ करोड ९४ लाख ४८ हजार रुपैयाँ पुगेको संस्थाले जनाएको छ ।
चैत्र मसान्त सम्ममा कुल संस्थागत पुँजी ११ करोड १४ लाख ६० हजार रुपैयाँ र कुल सम्पत्ति १ अर्ब ३१ करोड ७० लाख १४ हजार रुपैयाँ पुगेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार