सदस्य र समुदाय केन्द्रीत पाँच तारा साकोस, ४८ सदस्यलाई भत्ता प्रदान
काठमाडौं : सहकारीहरु सदस्य केन्द्रीयता हुन नसक्दा समस्या आई रहेको बेला पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले भने फरक गतिविधि गर्दै आएको छ ।
संस्थाले सदस्यको उमेर समुह अनुसार विभिन्न विधामा जोडेर सहकारी अगाडी बढि रहेको छ। यसै क्रममा संस्थाले जेष्ठ सदस्यलाई सम्मान तथा भत्ता वितरण गरेको छ । संस्थाले १६ औं वार्षिकोत्सवको अवसरमा आज एक कार्यक्रमको बीच ७० वर्ष माथीका जेष्ठ सदस्यहरुलाई सम्मान तथा भत्ता विरतण गरेको हो ।
त्यस्तै ७५ वर्ष माथीका ५ जना सदस्यालाई खादामाला, प्रमाणपत्र, भत्ता र पोषण युक्त खाने कुरा प्रदान गरेको छ भने ४८ जना सदस्यहरुलाई २ हजारको दरले भत्ता प्रदान गरेको छ । संस्थाका अध्यक्ष भोला नाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले प्रदान गरेको सम्मान र भत्ताले जेष्ठ सदस्यहरु दङ्ग परेका थिए ।
सदस्यहरुले सहकारी भनेको पाँच तारा जस्तो हुनु पर्ने र अरु सहकारीले पनि पाँच ताराबाट सिक्नु पर्ने सदस्यहरुले बताएका थिए । स्थापना दिवसको अवसरमा जेष्ठ सदस्यहरुलाई सम्झेर सम्मान गरेकोमा उनीहरुले खुशी हुँदै संस्थाको प्रशंसा गरे ।
संस्थाका अध्यक्ष भोला नाथ पाठकले ‘अग्रजको सम्मान सभ्यताको पहिचान’ भन्ने नाराका साथ २०७२ देखि संस्थाले जेष्ठ सदस्यलाई सम्मान गर्दै आएको बताए । अरुहरुलाई देखाउन भन्दा पनि सदस्यहरुको सम्मानका लागि अन्तरआत्मादेखि नै संस्थाले सम्मान गर्ने गरेको उनको भनाई छ ।
यसका साथै संसथाले सहकारी अभियानका अग्रजहरुलाई पनि समनको थालनी पाँच ताराबाट सुरु गरेको उनले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार