२२ कात्तिक २०८३, आईतवार

आईसिएस नेपालको आयोजनामा सम्पत्ति शुद्धीकरण निवारण तथा गोएएमएल तालिम

२०८० चैत ३०, शुक्रबार
आईसिएस नेपालको आयोजनामा सम्पत्ति शुद्धीकरण निवारण तथा गोएएमएल तालिम

काठमाडौं : ईन्स्टीच्यूट फर कोअपरेशन एण्ड सोलुसन (आईसिएस) नेपालले सहकारी संस्थाहरुका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा गोएएमएल सम्बन्धी तालिम समपन्न गरेको छ ।

बिहीबार अल्फविटा हाउस, नयाँबानेश्वर आयोजना गरिएको तालिममा विभिन्न सहकारीका ५१ जनाको सहभागिता रहेको थियो । तालिमलाई नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्याम कृष्ण दाहालले गरेका थिए । तालिम कार्यक्रमको संयोजक तथा आईसिएस नेपालका अध्यक्ष प्रकाश प्रसाद पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तालिम पूर्व विभिन्न प्रश्नहरुबाट प्रशिक्षार्थीको विषय वस्तु सम्बन्धि ज्ञान परिक्षण गरिएको र तालिम पश्चात् पनि सहभागीको विषयवस्तुको ज्ञानमा आएको परिवर्तन मापन गरिएको संस्थाका अध्यक्ष पोखरेलले जानकारी दिए । त्यस्तै प्रत्येक सहभागिहरुसँग तालिमको प्रभावकारीता र सन्तुष्टि मापन तथा पृष्ठपोषण लिखित रुपमा संकलन गरिएको थियो ।

तालिममा काठमाडौं उपत्यका बाहिरका सहकारीका प्रतिनिधिहरुको परि सहभागिता थिया । तालिममा सहभागिता जनाएको झापा विर्तामोड स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका आइ टि प्रमुख यम बहादुर विष्टले तालिम अत्यन्तै महत्वपूर्ण भएको बताए ।

यस्ता तालिम जिल्ला जिल्लामा गर्नुपर्ने समेत उनले सुझाव दिए । त्यस्तै बुढानिलकण्ठ स्थित नारी चेतना सिपमुलक सहकारी संस्थाकी अध्यक्ष चन्द्रावती बानीयाँ अधिकारीले प्राविधिक किसिमको भएकाले समसामयिक अवस्थामा सहकारीहरुमा महत्वपूर्ण भएको बताईन । आगामी दिनमा कानुनी प्रक्रियासहित ऋण असुली तथा उद्घोषण तालिम कार्यक्रमहरु निरन्तर आयोजना हुनुपर्नेमा जोड दिईन । तालिममा प्रत्येक सहभागीहरुसँग आगामी दिनमा संचालन गर्नुपर्ने वा आवश्यकता भएको तालिमको विषय वस्तु समेत लिखित रुपमा माग गरि संकलन गरिएको थियो ।

तालिमको मूल्यांकन सर्भेक्षण अनुसार अधिकांश सहभागीले तालिम उत्कृष्ट तथा ब्यवस्थित रहेको बताएका थिए ।

अभिलेख

लोकप्रिय