मिरा इआरपी चलाउने सहकारीको संख्या १६९ पुग्यो

काठमाडौं : नियोसिस टेक्नोलोजी प्रा.लि.द्वारा निर्मित ‘मिरा इआरपी’ (Myra ERP) चलाउने सहकारीको संख्या १६९ पुगेको छ । जसमध्ये १६० प्रारम्भिक सहकारी संस्था र ९ वटा संघहरु रहेका छन् ।
‘मिरा इआरपी’ सहकारीहरुको लागि निर्मित, ISO 27001:2013 Certified प्राप्त SAAS प्लेटफर्म हो । सहकारीहरु बीच साझा डिजिटल प्लेटफर्म निर्माण गर्ने उद्देश्यका साथ तयार भएको मिरा इआरपी सफ्टवेयरलाई नियोसिस टेक्नोलोजीले न्यूनतम वार्षिक शुल्कमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले नि:शुल्क रुपमा सफ्टवेयर जडान, माइग्रेसन, सपोर्ट, तालिम, क्लाउड डाटा ब्याकअप, मोबाइल बैंकिङ एप्लीकेसन, इ-बैंकिंङ, एसएमएस बैंकिङ बजार प्रतिनिधिहरुले प्रयोग गर्ने एप्लीकेसन आदि उपलब्ध गराई सहकारीहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेको छ ।
चैत्र २७ (मंगलबार) सम्म मिरा प्रयोग गर्ने संस्थाहरुका कूल शेयर सदस्य संख्या ९ लाख ८४ हजार ३ सय ५६ जना रहेको कम्पनीले जनाएको छ । त्यस्तै व्यक्तिगत शेयर सदस्य संख्या १७ लाख ८ हजार ९ सय ९६ जना र संस्थागत शेयर सदस्य ५ हजार ३ सय ६० रहेको नियोसिसले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
त्यसैगरी मिरा सफ्वटेयरमा सबै प्रयोगकर्ताहरुको हालसम्म ६ करोड ११ लाख ५९ हजार ५८ कारोबार भएको छ । प्रयोगकर्ताको कूल बचत खाता संख्या ३ लाख ५० हजार ९४ रहेको छ । त्यस्तै प्रयोगकताहरुको कूल ऋण खाता संख्या ४३ हजार २ सय ८५ पुगेको छ । मिरा प्रयोगकर्ताको जम्मा सेवा केन्द्र संख्या २ सय १९ र मिरा सफ्टवेयरले ५१ जिल्ला समेटेको छ ।
मिरा इआरपी निमार्ण कम्पनी नियोसिस टेक्नोलोजीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र प्रविधिहरुको क्षेत्रमा अब्बल कम्पनी रारा डिजिटल ल्याब्स प्रा.लि.को संयुक्त लगानी छ ।
मीरा इआरपीमा १० वटा मोड्युल निर्धारण गरिएको छ । निर्धारित १० मोड्युल मध्ये चारवटा मोड्युलको निर्माण भई प्रयोग भइरहेको नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता दामोदर अधिकारीले जानकारी दिए । बाँकी ६ मोड्युल निर्माणको क्रममा रहेको अधिकारीले बताए । सम्झौता बमोजिम कार्यसम्पादनस्तरका आधारमा प्रणाली विकासको भुक्तानी गर्दै आएको उनले बताए ।
सफ्टवेयरको आगामी मोडुलहरुमा गुणस्तर आश्वासन, पर्यवेक्षण र अनुगमन, व्यापार बुद्धिमत्ता र रिपोर्टिङ, मानव संसाधन प्रशिक्षण र क्षमता व्यवस्थापन, व्यापार प्रक्रिया व्यवस्थापन, अनुपालन व्यवस्थापन, कागजात व्यवस्थापन, स्थिर सम्पत्ति व्यवस्थापन रहेको छ ।
मिरा इआरपी सफ्टवेयरको मुख्य विशेषताहरुमा सेवाको रुपमा सफटवेयर प्रयोग गर्न सकिने, सफ्टवेयर राख्न र प्रयोग गर्न छिटो हुने, सुरक्षा, गोपनीयता र तथ्यांक भण्डारमा सहज, साझा प्रविधि, सहकारीहरु एकअर्कासँग जोडिने, बैज्ञानिक मूल्य निर्धारण, कोपोमिसमा सहज तथ्यांक प्रविष्टि, प्रयोगकर्ताहरुलाई चलाउन सजिलो, टिटिआर र एएमएल रिपोर्ट, अंग्रेजी र नेपालीमा उपलब्ध, २४ सै घण्टा प्राविधिक सहयोग उपलब्ध हुने रहेको कम्पनीले जनाएको छ ।
यो सफ्टेवर प्रयोग गर्न अब सहकारीहरुले अन्य कुनै पनि हार्डवेयर, सुरक्षा, क्लाउड भण्डारण, ब्याकअप, फायरवाल, भिपिएन आवश्यक पर्दैन । कम्पनीले सफ्टवेयरको न्यूनतम १६ हजार रुपैयाँ कायम गरेको छ ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts


एकीकृत फ्रेण्डसिप साकोसको ३३औं स्थापना दिवस समारोह सम्पन्न
२ चैत्र २०८१, आईतवार
राष्ट्रिय सहकारी बैंकको दमक शाखा स्थानान्तरण
२ चैत्र २०८१, आईतवार