२१ भदौ २०८३, आईतवार

२६ वर्षमा जागरण साकोस, भव्य कार्यक्रमको बीच रजत वर्ष मनाउँदै

२०८० चैत २८, बुधबार
२६ वर्षमा जागरण साकोस, भव्य कार्यक्रमको बीच रजत वर्ष मनाउँदै

मकवानपुर : मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुली स्थित जागरण बचत तथा ऋण सहकारी संस्था स्थापनाको २६ वर्षमा प्रवेश गरेको छ । संस्थाले आज विशेष कार्यक्रमको बीच रजत वर्ष मनाउँदै छ ।

४९ जना महिलाहरुबाट सुरु भएको जागरण साकोसमा फागुन मसान्तसम्ममा ३८१७ जना सदस्य आवद्ध छन् । संस्थाले रजत वर्षको अवसरमा स्मारिका समेत प्रकाशन गरेको छ। उक्त स्मारिकामा ३६ जनाको लेख रचना रहेको छ । आजको कार्यक्रममा स्मारिका समेत विमोचन गर्ने गरिनेछ ।

संस्थाले आजैबाट मोबाइल बैंकिङ शुभारम्भ गर्दै छ । रजत वर्षको अवसरमा ४९ जनालाई सम्मान, जेष्ठ नागरिक सम्मान, विभिन्न समयमा १ वर्ष भन्दा बढी समय सेवा गरेका कर्मचारीलाई समेत सम्मान गरिँदै छ । त्यस्तै मकवानपुर गढीबाट सहकारी अभियानमा जिल्ला, प्रदेश, केन्द्रका नेतृत्वको सम्मान गर्ने कार्यक्रम रहेको संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिईन ।

करेसाबारी बिशेष हुनेगरी इतिहास बोकेको जागरणको पुरानो इतिहास ताजा गराउने अभिप्रायका साथ कार्यक्रममा सहभागी सम्पूर्ण सदस्यलाई बिउ बिजन बितरण गर्ने कार्यक्रम समेत रहेको श्रेष्ठले बताईन ।
१ करोड ९८ लाख सेयर पुँजी रहेको संस्थाको कुल सम्पत्ति १९ करोड ९० लाख रहेको छ । संस्थाको बचत १५ करोड २५ लाख, कर्जा लगानी १२ करोड ८८ लाख, जगेडा कोष १ करोड ९ लाख, अन्य कोष ६८ लाख रहेको छ । संस्थासँग ३६.८७ प्रतिशत तरलता रहेको छ ।

यो संस्थाले तीन पटकसम्म नेपाल स्तरको ब्रोवेशन ब्राण्ड प्राप्त गरिसकेको छ ।

अभिलेख

लोकप्रिय