चण्डेश्वरी साकोसले ११ प्रतिशतमै कर्जा दिने, अवधि १० वर्षसम्म

काभ्रे : बनेपा स्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई ११ प्रतिशत वार्षिक व्याजदरमै कर्जा प्रवाह गर्ने भएको छ ।
संस्थाले महिला सदस्यहरुको शिप र दक्षता अनुसार लघु उद्यम, घरेलु उद्यम तथा व्यवसायमार्फत महिलाहरुलाई स्वरोजगार तथा उद्यमी बनाउनको लागि ११ प्रतिशतमै कर्जा प्रवाह गर्न लागेको हो ।
कर्जाको अवधि १० वर्षसम्म राख्न सकिने संस्थाले जनाएको छ । संस्थाले यस्तो कर्जा १५ लाख रुपैयाँसम्म दिने पनि जनाएको छ ।
सदस्यहरुले कागजात दिएको तीन कार्यदिन भित्रै कर्जा प्रवाह गर्ने समेत संस्थाले जनाएको छ । त्यसैगरी वाषिक ११ प्रतिशतमै व्यवसाय उत्थान कर्जा समेत प्रवाह गर्ने भएको छ । आर्थिक मन्दी एवं अन्य कारणले सदस्यको व्यवसायमा परेको असरलाई निर्मुलीकरण गरी व्यवसाय पुनःउत्थानका लागि यो योजना संस्थाले ल्याएको हो ।
त्यस्तै संस्थाले वार्षिक ११.५ प्रशितमा साना तथा मझौला उद्योग सहुलियत कर्जा पनि प्रवाह गर्दै आएको छ । यस योजनाको अधिकतम सिमा पनि १५ लाख रहेको छ ।
चण्डेश्वरी साकोस एशिया स्तरको ब्राण्ड प्राप्त संस्था हो । फागुन मसान्तसम्म संस्थाको सेयर पुँजी ११ करोड २६ लाख रहेको छ । त्यस्तै जगेडा कोषमा १३ करोड ७ लाख रहेको छ । कुल सम्पत्ति १ अर्ब ४१ करोड ७८ लाख रहेको संस्थाको संस्थागत पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ । संस्थामा १० हजार ६१ जना सदस्य आवद्ध छन् । संस्थाको कुल बचत १ अर्ब ७ करोड र लगानी ९८ करोड २१ लाख रुपैयाँ रहेको छ । संस्थासँग ३५.८१ प्रतिशत तरलता रहेको छ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार