१५ वर्षमा सिवाईसी: हुँदा खानेलाई हुनेखाने बनाउँदै सिवाईसी साकोस
बागलुङ : ‘हुने खानेको पैसा हुँदा खानेमा पुर्याउने र हुँदा खानेलाई हुने खाने बनाउने’ महान उद्देश्यका साथ स्थापित सिवाईसी बचत तथा ऋण सहकारी संस्था १५ औं वर्षमा प्रवेश गरेको छ ।
१४ वर्ष अघि २८ जना व्यक्तिबाट संस्था दर्ता भई ८० जनाबाट कारोबार सुरु गरेको थियो । २०६७ आश्विन २२ गते घटस्थापनाको दिन ८० जना व्यक्तिहरुले एक/ एक लाख शेयर पूँजीबाट संस्था सञ्चालनमा आएको थियो ।
जतिबेला यो संस्थाको परिकल्पना गरिएको थियो त्यतिबेला देशभर २९ हजार भन्दा बढी, बागलुङमा ३०० भन्दा बढी, बागलुङ नगरपालिकामा १०० भन्दा बढी संस्थाहरु स्थापित भैसकेको थियो ।
संस्थाले एउटा फरक पहिचानका साथ सहकारी क्षेत्रको शिर उचो पार्न सकोस र हामी सबैको आशा भरोसा बनी दुःख सुखमा साथ दिन सकोस् भन्ने सोचका साथ २०६६ चैत्र २६ गते संस्था स्थापना भएको अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए ।
दिगो, गुणस्तरीय, व्यवसायिक अग्रणी वित्तीय सहकारी संस्थाको परिकल्पनाका साथ स्थापित यो संस्थाले आफ्ना कार्यक्रमहरुलाई दिगो, बलियो र भरपर्दो बनाउनका लागि एसियाली ऋण महासंघद्वारा विकास गरिएको एक्सेस ब्राण्डिङ कार्यक्रममा समेत सहभागी छ ।
यो संस्था राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनबाट गण्डकी प्रदेशको उत्कृष्ट संस्था पुरस्कार, राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ट कारोवारी संस्था पुरस्कार, ५७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा डिभिजन सहकारी कार्यालय बागलुङबाट धवलागिरिमै उत्कृष्ट सहकारी संस्था, जिल्ला सहकारी संघ लि. बागलुङबाट बचत तथा ऋणमा उत्कृष्ट संस्था पुरस्कार, नेफ्स्कून फिल्ड कार्यालय पोखराबाट उत्कृष्ट सदस्य संस्था पुरस्कार, नेपाल सरकार आन्तरिक राजस्व कार्यालयबाट ५ पटकसम्म उत्कृष्ट करदाता पुरस्कार, राष्ट्रिय सहकारी बैंकवाट देशभरकै उत्कृष्ट सहकारी पुरस्कार र नेफ्स्कूनबाट एकीकरणका लागि उत्कृष्ट संस्था पुरस्कारबाट सम्मानित भैसकेको छ । बद्लिदो परिवेशमा संस्थाले क्रेडिट (ऋण) मात्र नभई क्रेडिट प्लस (गैर वित्तीय सेवा) पनि प्रवाह गर्नुपर्दछ भन्ने मान्यता अनुरुप संस्था आफ्ना क्रियाकलापहरु अगाडि बढाईरहेको अध्यक्ष शर्माले बताए ।
स्वावलम्वी आफ्नो भर पर्दछ र आफ्नो भाग गर्दछ, अर्काको भर नपरे आफ्नो भर परिन्छ, स्वावलम्वी आत्मनिर्भर हुन्छ, आफ्नै खुट्टामा उभिन्छ ऊ आसमा होइन प्रयासमा बाच्छ, प्रयासमा बाच्नेले पर्खदैन, अनावश्यक शंका गर्दैन, देख्नेले के भन्लानको संस्कृतिबाट देख्नेले पनि सिक्लान भन्ने सहकारीको दर्शनबाट सञ्चालित रहन्छ र सिवाईसी पनि यही दर्शनबाट सञ्चालित रहेको उनले बताए ।
२०८० असार मसान्तसम्ममा संस्थो २५ वटा सेवा केन्द्रहरु र एउटा केन्द्रीय कार्यलयबाट २५ हजार ७३ जना सदस्यको सेवामा जुटिरहेको छ । संस्थामा १३ हजार ४ सय ८० जना महिला र ११ हजार ५ सय ५२ जना पुरुष आवद्ध छन् । त्यस्तै ४ हजार ४ सय ६३ जना बाल बचतकर्ता रहेका छन्। त्यस्तै ४१ वटा सामुदायिक संस्था र विद्यालयहरु सदस्य छन् । संस्थाको शेयर पुँजी ३९ करोड ४४ लाख ४४ हजार र बचत १ अर्ब ३८ करोड ४५ लाख १ हजार ५ सय ८६ रुपैयाँ, ऋण लगानी १ अर्ब ४५ करोड ९३ लाख ७९ हजार १ सय १९ रुपैयाँ रहेको छ । त्यस्ते दायित्वरहित कोषहरुमा ९ करोड ४० लाख ८८ हजार ३ सय ९२ रहेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार